Wednesday, July 3, 2013

असार २ गते उर्लिएर आएको महाकालीले दार्चुलालाई येसरी तहस-नहस पार्‍यो

darchulaदार्चुला, बैतडी र डडेल्धुराको महाकाली किनार सधैं बाढी र कटानको जोखिममा छ। परिणाम, दार्चुलाले २ असारमा यत्रो क्षति व्यहोर्नुपर्‍यो। असार २ गतेको मुसलधारे वषर्ाले नेपालको पश्चिमी सीमाको काम गर्ने महाकाली नदीमा अकस्मात बाढी आई यसको किनारमा अवस्थित दार्चुलाको सदरमुकाम खलंगा बगायो । हिमाली क्षेत्रबाट उर्लिएको महाकालीको बाढीले सदरमुकामको भूगोल र नक्सा नै परिवर्तन गरिदिएको छ । बाढीको चपेटामा परेर १३ सरकारी कार्यालय, १ सय ५ पक्की घर, १७ सुकुम्वासी टहरा, ४ मन्दिर बगाएको छ भने जलविद्युत योजना, झोलुंगे पुल र खलंगा-तिङ्कर सडक खण्ड क्षतविक्षत भएको छ । साथै २ हजार ५ सय वासिन्दा विस्थापित हुनपुगेका छन् । प्रश्न आउँछ, भारतको धार्चुलादेखि नदीपूर्व रहेको नेपालको दार्चुला सदरमुकाम खलंगा किन बग्न पुग्यो ? सामान्यतया भन्न सकिन्छ, तीन दिनको लगातार वषर्ाले नदी उर्लिएर महाकालीको भंगालो नै पसेर नेपालतर्फको खलंगालाई तहस-नहस पार्‍यो । तर अर्को जिज्ञासा उत्पन्न हुन्छ- सीमा नदीको भंगालो किन नेपालतिरै हानियो ? अहिलेको अवस्थामा पीडितले राहत पाउने व्यवस्था हुनुपर्छ र भविष्यमा यस्ता घटना हुन दिनु हुँदैन । यसका लागि दुवै देशले संयुक्त अध्ययन गरी भविष्यमा धार्चुला र दार्चुलामा मात्र होइन, सीमावर्ती अन्य क्षेत्रमा समेत यस्ता घटना दोहोरिन नसक्नेगरी भौतिक संरचना निर्माणको बन्दोबस्त मिलाउनुपर्छ । 

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।