by पश्चिम नेपाल दैनिक on Wednesday, 14 December 2011 at 06:38
विरोध धर्ना अनसन हड्ताल बन्द चक्काजाम । यी प्रचलित शब्द सुन्दै वाक्क लाग्छ जो कोहीलाई । कोट्याउने हो भने कहिले काँही त यिनले पनि अवसर जुराउदो रहेछ । यस पटकको हड्तालमा एउटा मौका छोपे अचम्मका प्रोफेसरसंग गफिने । विदानै विदाको देशमा कहिले विदा नमनाउने उनै सुदूरपश्चिममा अध्यापनरत एक्ला प्रोफेसर हुन चुडामणी जोशी । व्यवहारिक रुपमा जति सरल र सादा जीवनका छन त्यतिकै अनौठो पनि छन यी प्रोफेसर ।
'पत्रपत्रिकासंग कहिले केही बोलेको छैन । केही फरक पर्ने त होइन ?' सुरुवातमै ख्यालठट्टा शैलीमा प्रोफेसर चुडामणी जोशी बोले 'केही फरक पर्ने भए नलेखौला है बाबु' पहिलो सर्तमा सहमति जनाई नसक्दै उनले अर्को सर्त राखे 'कक्षा कोठाबाहिर नेपाली बोल्दा हडबड हुन्छ । हाम्रै भाषा (डोटेली) मा कुराकानी गरौ हुन्न ?' कक्षा कोठा विद्यार्थी र पठनपाठन बाहेक अन्यत्र सरोकार नराख्ने यी प्रोफेसर एकहोरो पनि छन । 'गडबड कुरा नसोध्नु' कक्षाका विद्यार्थीलाई झै उनले अर्को आदेश दिए । सहमति जनाउनै पर्यो 'कुराकानी गर्दिन' भन्न के बेर ।
'उनले पढाएकी गणितकी एक विद्यार्थीलाई सुत्केरी व्यथाले च्यापेछ । समयमा शिशु नजन्मिएपछि चिकित्सक एम्बुलेन्सको खोजि सुरु भएछ । शिक्षक र विद्यार्थी पनि उनको घरमा पुगेछन । 'चुडामणी सर पनि भेट्न आउदैछन' त्यहाँ पुगेका एउटा विद्यार्थीले भनेछन । ति विद्यार्थीले बोलिनसक्दै फुत्त शिशु जन्मियो रे ।' प्रोफेसर चुडामणीको पर्खाइमा बसिराख्दा चिया पसलेले यो 'जोक्स' सुनाएका थिए समय र उनलाई जोडेर । उनको मुख्य विशेषता भनेकै समयसंग हिड्नु र विद्याथीलाई समयसंगै डोर्याउनु नै हो । 'जो टाईममा चल्दैन उसले जिन्दगीमा केही गर्न सक्दैन' उनी बिस्तारै बोले 'जिन्दगीमा एक सेडेन्डको पनि महत्व हुन्छ ।' यी प्रोफेसरको तर्क छ युद्धमा खटिएको सिपाईले गोलीबारीमा एक सेकेन्ड पनि ढिलासुस्ती गर्यो भने ज्यानै जानसक्छ ।
५२ वर्षीय प्रोफेसरलाई क्याम्पसमा अध्यापन गराउन थालेको ३० वर्ष पुग्यो । २२ वर्षको उमेरमै स्नातकोत्तर पुरा गरेर क्याम्पस छिरेका उनलाई कहिले अल्छि लागेन पढ्ने र पढाउने काममा । स्कुल कलेज अध्ययनका क्रममा पढाएका विद्यार्थीलाई पर राखेर गणना गर्ने हो भने उनले लाख भन्दा बढी विद्यार्थीलाई गणितीय सुत्रको झोल पिलाईसकेका छन । विद्यावारिधीका लागि 'कन्सल्ट' गर्ने विद्यार्थी हुन या नस्ररीमा हात समातेर लेखाउनु पर्ने विद्यार्थी उनको नाम सुन्ने वितिक्कै सजग हुन्छन । 'डर मान्छन त नभनौ' उनी खिस्स हास्दै बोले 'आजकलको जमनामा कसको डर कसले मान्छ र छोराछोरीले समेत बाबुआमालाई त टेर्दैनन् ।' उनलाई नटेर्ने विद्यार्थी भने कहिले आएनन् यहाँका विद्यालय कलेज र क्याम्पसहरुमा । न कुनै विद्यार्थी उनको कक्षा बङ्क गर्छन न कक्षाकोठा बाहिर बसेर गफ चुट्छन् । उनीसंग विद्यार्थीहरु कतिसम्म अनुशासित र सचेत हुन्छन भने एउटा सानो घटना छ ।
उनले अध्यापन गर्ने रेडियन्ट कलेजका कक्षाहरुमा पढाई चलिराखेको थियो । कोही विद्यार्थीहरु चउरमा खेल्दैथिए कोही रेलिङ्गमा बसेर गफ चुट्दै थिए । यसो भनौं कक्षा भित्र भन्दा बाहिर बढि विद्यार्थी थिए । उनी साईलकमा आएको देख्ने वितिक्कै सबै विद्यार्थी एकाएक भित्र पसेछन कलेजका कर्मचारी समेत । कलेज परिसरमा साईकलबाट ओर्लिदै गर्दा यी प्रोफेसर लडेछन । एउटा खुट्टा नै भाँचियो । आधा घण्टासम्म न कोही विद्यार्थी बाहिर निस्के न त उनले उठेर कक्षा कोठामा जानसके । कलेजको चउरमा लडिराखेका उनलाई नजिकैको घरमा बस्नेहरुले देखेपछि अस्पताल पुर्याएछन् । कलेजका विद्यार्थी शिक्षक तथा कर्मचारीले अर्को घण्टी लागेपछि मात्रै थाहा पाए उनको खुट्टा भाँचिएको । बेहोसजस्तै भएका उनले बोलाउन पनि सकेनन् रे । लामो हाँसोपछि भाँचिएको खुट्टा देखाउदै यी प्रोफेसर बोले 'यो खुट्टा भाँचिएपछि साईकल पनि चलाउन सक्दिन् । हिडेरै पढाउन जान्छु ।'
एसएलसी उत्तिर्ण गरेपछि पढाउन सुरु गरेका उनले दिनमा १६ घण्टासम्म पढाएका छन । बिहान ट्यूसन दिउसो विद्यालय कलेज र क्याम्पस अनि साँझ र राती ट्यूसन यो उनको कलेजताको रुटिङ्ग हो । उहिले बुलबुली फट्काउदै बन्ने रुटिङ्ग र अहिले सेता कपाल नमिलाएरै बन्ने रुटिङ्गमा खासै फरक आएको छैन । 'बिहान ६ देखि साँझ ६ बजेसम्म पढाइरहेकै छु' प्रोफेसर चुडामणी निस्फिक्रीसंग बोले 'ट्यूसनसिउसन पढाउने परे कहिले काँही बढी पनि हुन्छ ।' नस्ररीदेखि स्नातकोत्तरका विद्यार्थीलाई पढाउछन उनी । शनिवार परिवारसंग वित्छ त्यो दिन परिवार बाहेक अरुसंग कुराकानी पनि गर्दैनन भन्दा हुन्छ । त्यस बाहेक कहिले विदा लिदैनन उनी लिएका छैनन पनि । विरामी विदा समेत उनको जस्ताको त्यस्तै छ पढाउन सुरु गरेदेखि । खुट्टा भाँचिएर थला परेको बेला समेत उनले विदा लिन पाएनन विद्यार्थीहरु घरमै आए । 'कोर्ष
नसकिए घरमा पनि बोलाउछु' प्रोफेसरले गम्दै थपे 'क्याम्पसको पढाईले कहाँ कोर्ष सकिन्छ सधै बन्द हड्ताल आन्दोलन विरोध त हो ।'
लगनशिल र अनुशासित विद्यार्थीका लागि जति सहज छन उछृङ्खल विद्यार्थीका लागि त्यतिकै कडा पनि छन उनी । मेहेनति गरिब र असहाय विद्यार्थीलाई सित्तैमा पनि ट्यूसन पढाउन छन प्रोफेसर चुडामणी । 'यतिका वर्ष पढाए कसैसंग फि देऊ भनेको छैन । विद्यार्थी आफै दिन्छन्' अरुले सुन्लान भनेझै सुकेको स्वरमा विस्तारै बोले 'कतिले त खाएर पनि हिडे । दुई तीन महिना पढेर हिड्छन ।' पढाउदा पढाउदा उनको आवाज आउनै छोडेको छ । चिकित्सकले नबोल्न सल्लाह दिएका छ तर पनि कानेखुसी गरेझै पढाउन छोडेका छैनन । ट्यूसन पढाएको फि नदिएकोमा उनलाई कुनै गुनासो छैन । 'खान लाउन पुगिहाल्छ भैगो नी' उनले थपे । जति सोझा छन अनुसाशनहीन विद्यार्थीका लागि त्यतिकै अराजक पनि छन यी प्रोफेसर । स्नातकोत्तर तहका विद्यार्थीलाई समेत कुट्न हिचकिचाउदैनन् । स्कुलका स-साना विद्यार्थी भन्दा पनि कलेज र क्याम्पसका उरण्ठ्यौला विद्यार्थी कुटाई खान्छन उनको हातबाट । 'सम्झाएर नमान्दा कहिले काँही कुट्छु' उनले निस्फिर्की बोले । उनले कलेज क्याम्पसमा जति क्रटपिट गरेपनि कुनै विद्यार्थीले प्रतिवाद गरेको छैनन अहिलेसम्म ।
धुमपान मध्यपान गुट्खा सुर्ति खैनी चुरोट तम्बाखुबाट टाढा रहेका उनलाई विद्यार्थीले पनि खाएको मन पर्दैन । उनले अध्यापन गराउने स्कुल कलेज क्याम्पसमा कर्मचारी शिक्षक प्राध्यापक पनि उनको सामुन्ने केही खादैनन् । विद्यार्थी खाने त कुरै भएन । विद्यार्थीले गुट्खा सुर्ति खाएको भेटे भने उनले कस्तो सजाय देलान पत्याउनै गाह्रो छ । सिद्धनाथ विज्ञान क्याम्पसको सिढीमा विद्यार्थीहरु गुट्खा खाएर थुक्दा रहेछन् । जति सम्झाउदा पनि मानेनन् । एक दिन विद्यार्थीको समूहले गुट्खा खाएर थुकेको देखेछन् । कसले थुकेको हो सफा गर भनेछन कसैले टेरेनन् । 'टाउँको समातेर फोहोरमै रगडिदिए । गुट्खा खाएर थुकेको फोहोर चटाइदिए' प्रोफेसर चुडामणी आक्रोषित हुदै बोले 'त्यो दिनदेखि िसंडीमा थुक्न बन्द भयो ।'
यो त थुक्ने विद्यार्थीलाई नै चटाउने कुरा भयो । साह्रै भयो भने त्यस्ता विद्यार्थीको मुखमा थुक्न पनि पछि पर्दैनन उनी । एउटा सानो घटना उनले यसरी सुनाए । 'कक्षामा पढाउदै थिए । नाम नभनौ एक जना विद्यार्थीले मुखमा खैनी हाल्यो । डिब्बामा खैनी हुन्थ्यो नी त्यही खैनी हो । एक दिन दुई दिन सहेर बसे तेस्रो दिनको कुरा हो । फालेर आउ भने मानेन् । तीन पटक भने मानेन् । साह्रै रिस उठ्यो नजिकै गए । त्यसको खल्तीबाट डिब्बा निकालेर त्यसकै हातमा घोप्ट्याए । यो डिब्बाको खैनी भन्दा त मेरै थुक शुद्ध होला भनेर मुख भित्रै थुकीदिए ।' त्यसपछि उनले त्यो कक्षा पढाउदैन भनेर बाहिर निस्के रे । दुई दिन कक्षामा गएनन । तेस्रो दिन कक्षाका विद्यार्थीसंगै आएर जसको मुखमा थुकेका हुन उनै विद्यार्थीले भनेछन ुसर मैले सुर्ति खान छोडिसके । हजुरले पढाई दिनुपर्यो ।'
उनले जे गरेपनि विद्यार्थीहरु सम्मान गर्छन माया गर्छन । तैपनि उनी किन यति अराजक बन्छन त 'सबै विद्यार्थीलाई कुटपिट गर्दिन' कपाल मुसार्दै प्रोफेसर चुडामणी बोले 'कुन विद्यार्थीलाई कसरी सहि बाटो हिडाउने सोचेर काम गर्छु । कसैलाई कुटुन पर्छ कसैलाई हकार्नु पर्छ कसैलाई सम्झाउनु पर्छ । सबै एउटै हुदैनन ।' उनलाई लाग्छ विद्यार्थीको प्रकृति र व्यवहार हेरेर कसरी ठिक बाटोमा हिडाउने विचार गर्नु पर्छ । कुनै विद्यार्थीसंग पनि 'त' र 'तिमी' भनेर बोलेका छैनन् यी प्रोफेसर । बरु नबुझ्न्जेलसम्म पढाउँछन तर हेलचेत्रुयाइ गरेको सहदैनन । कुटेर पनि विद्यार्थी पढ्छन भन्ने तर्कमा उनको एउटा भोगाई छ ।
उनका बुवा विष्णुदत्त जोशी पण्डित थिए । गणितमा पटक्कै रुचि नभएका उनलाई गणितमा उत्तिर्ण हुदा महाभारत जिते जस्तै हुन्थ्यो । नौ कक्षाको कुरा हो एक जना भारतीय शिक्षक आए गणित पढाउने । हिसाब गर्न नआउदा ति शिक्षकले बेस्सरी पिटे कक्षामा । ति शिक्षकले भने 'त स्कुल पढ्न छोडिदे । गणितमा पास हुन सक्ने होइनस् । जाउ पण्डित बन ।' त्यहि पिटाइ र कुराले उनलाई सोच्न बाध्य पार्यो 'म किन सक्दिन ?' त्यसपछिको मेहेनतले उनलाई सय पूर्णाङ्कमा सय नम्बर दिलायो गणितमा । गणित शिक्षकको पिटाइले पण्डित बन्ने सपना त हरायो नै आईएससी बिएससी एमएससी अनि विद्यावारिधी गरे त्यही गणितमै । पठन पाठनका अतिरिक्त स्नातक र स्नातकोत्तरका पाठ्यपुस्तक लेख्न थालेका छन उनी ।
सामान्य परिवारका उनले जहिले पनि पढाइलाई प्राथमिकता दिए । आपुनै कक्षाका विद्यार्थीलाई पढाउदै पढ्दै गए । आय स्रोत भनेकै पण्डित बुवाले पाउने दान दक्षिणा नै थियो । बुवाको मृत्यु भएपछि भने त्यो पनि सकियो । कतिसम्म आर्थिक अभाव थियो भने भारतबाट बुवाको लास ल्याउन गाडीलाई दिने पैसा भएन । 'भारतमा बुवा वित्नु भयो नेपाल ल्याउन गाह्रो भयो ।' उनले विगत सम्झिदै भने 'खल्तिमा तीन सय रुपैया मात्र थियो । गाडी भाडा तिर्ने पैसा नभएपछि बुवाको लास रिक्सामा ल्याए ।' बैतडीको दशरथचन्द नगरपालिकाबाट तराई झरेका उनलाई ऋण निकाल्न पनि महेन्द्रनगरमा चिनजानको कोही थिएन । सहि बाटोमा हिडे मेहेनत गरिराखे र अहिले 'चुडामणी सरु भन्दा नचिन्ने कोही छैन । 'तपाईको आपुनो भनेकै तपाईको सच्चाई र आर्जन गरेको ज्ञान हो' उनी गम्भीर हुदै बोले ।
उनको ३० वर्षे अनुभव भन्छ 'अहिले विद्यार्थी पठन पाठन भन्दा पनि अन्यत्र समय खर्चिरहेका छन ।' भौतिक सुखसुविधा र रोमान्सलाई प्राथमिकता दिइरहेका छन । जसले गर्दा शिक्षण संस्था र अभिभावकको लगानी अनुसारका क्षमतावान व्यक्ति निस्कन सकिराखेका छैनन । उनलाई लाग्छ 'कुनै पनि मान्छे आफैमा राम्रो-नराम्रो हुदैन । उसले गर्ने संगत र हिड्ने बाटोले निर्धारण गर्छ राम्रो-नराम्रो ।' शिक्षण संस्थाहरु नयाँ कुरा सिकाउने भन्दा पनि 'डेटिङ्ग' स्पट जस्ता बन्दै गइरहेको कुरा उनलाई खड्किन थालेको छ । 'लेख्न पढ्न छोडेर अङ्गालो हालेर गफ चुटछन' उनी मजाकिलोशैलीमा बोले 'अङ्गालो घरमै हाले भइहाल्यो कलेज किन जानु पर्यो ।' गढबढ नसोध्नु भनेकै थिए तैपनि सोधि हाले 'कलेज पढ्ढा त हजुरले पनि त्यस्तै गर्नु भा होला ?' उनी खिस्स हास्दै जुरुक्क उठे र प्याट्ट गालामा हिर्काए । छुट्याउनै सकिन पिटेको हो की माया गरेको हो यी प्रोफेसरले ।
-बच्चु विक

I am so proud to say that he is my father ... his dedication, sacrifice and honesty is a remarkable path to be followed on if anyone can ... Love you dad and so proud of you .. thanks for the great lessons of simplicity being the greatest virtue although I admit at times I have not been able to follow those ... I will keep trying to move on the path you have shown.
ReplyDeleteI am the favorable student of My Respective Sir Pro.Chudamani Joshi from school to B.Sc. I am so happy that society, education institutes and students are realizing and following the principle thinking of My Respective Sir.One at a time when he was selected for PhD scholarship,rejected due to his no any political view. I and my friends were so sad due to that decision. I am so happy that his thinking is still rigid but so sad by knowing accident. Hope My Respective Sir will recover soon.
ReplyDeleteDilli Raj Ojha
201576dongdong
ReplyDeletepandora jewelry
true religion outlet
michael kors bag
ray ban uk
oakley sunglass
louis vuitton outlet
chanel bags outlet
jordan 11 gamma blue
abercrombie
hollister clothing
abercrombie & fitch
jordan 11 low
abercrombie kids
copy watches
yoga pants
longchamp handbags
coach outlet store online
louis vuitton handbags
burberry outlet
sac longchamp pas cher
chanel bags
nike air max
burberry scarf
christian louboutin outlet
louis vuitton handbags
coach outlet store online
ray bans
timberland boots
gucci shoes
michael kors outlet
oakley sunglasses wholesale
true religion outlet
tod's shoes
longchamp outlet
oakley vault
aydın
ReplyDeletebalıkesir
bayburt
bilecik
bolu
TİF
Uşak
ReplyDeleteAnkara
Adıyaman
Hatay
Şırnak
E5NE
bitlis
ReplyDeletesakarya
van
tunceli
ankara
P440Hİ
elazığ
ReplyDeletegümüşhane
kilis
siirt
sakarya
UPYU
https://titandijital.com.tr/
ReplyDeleteçorum parça eşya taşıma
niğde parça eşya taşıma
kastamonu parça eşya taşıma
istanbul parça eşya taşıma
148Q7C
A52DE
ReplyDeleteHatay Evden Eve Nakliyat
primobolan for sale
testosterone enanthate for sale
buy deca durabolin
primobolan
Siirt Evden Eve Nakliyat
Rize Evden Eve Nakliyat
Kütahya Evden Eve Nakliyat
Çerkezköy Çatı Ustası
D02FA
ReplyDeleteMefa Coin Hangi Borsada
Yenimahalle Boya Ustası
Batıkent Fayans Ustası
Mexc Güvenilir mi
Karapürçek Parke Ustası
Kayseri Şehirler Arası Nakliyat
Altındağ Boya Ustası
Bayburt Şehirler Arası Nakliyat
Ankara Boya Ustası
CC827
ReplyDeleteSiirt Evden Eve Nakliyat
order steroid cycles
Referans Kimliği Nedir
trenbolone enanthate for sale
Çankırı Evden Eve Nakliyat
halotestin
buy deca durabolin
buy steroid cycles
Ankara Evden Eve Nakliyat
B4566
ReplyDeletezonguldak sohbet
aksaray canlı sohbet odaları
samsun canli sohbet bedava
yozgat mobil sohbet odaları
kırklareli en iyi rastgele görüntülü sohbet
telefonda görüntülü sohbet
telefonda sohbet
zonguldak canlı ücretsiz sohbet
niğde bedava sohbet siteleri
491F6
ReplyDeletekastamonu görüntülü canlı sohbet
maraş canli sohbet
karaman canlı görüntülü sohbet uygulamaları
urfa yabancı görüntülü sohbet uygulamaları
görüntülü sohbet kızlarla
yozgat sesli sohbet mobil
Nevşehir Görüntülü Sohbet Uygulamaları Ücretsiz
erzurum sesli görüntülü sohbet
Erzincan Görüntülü Canlı Sohbet
48213
ReplyDeleteantalya rastgele sohbet
bingöl canlı görüntülü sohbet uygulamaları
Burdur Ücretsiz Sohbet Uygulamaları
urfa görüntülü sohbet ücretsiz
ığdır mobil sohbet siteleri
malatya rastgele görüntülü sohbet ücretsiz
kayseri mobil sohbet et
bursa sesli sohbet sitesi
Çanakkale Kadınlarla Rastgele Sohbet
CFCAF
ReplyDeleteBitcoin Madenciliği Nasıl Yapılır
Instagram Beğeni Satın Al
Facebook Beğeni Satın Al
Mefa Coin Hangi Borsada
Omlira Coin Hangi Borsada
Bitcoin Yatırımı Nasıl Yapılır
Threads Takipçi Hilesi
Coin Nasıl Kazılır
Bitcoin Nasıl Üretilir
A5904
ReplyDeleteBinance Sahibi Kim
Binance Referans Kodu
Bitcoin Nasıl Üretilir
Coin Üretme Siteleri
Parasız Görüntülü Sohbet
Youtube Abone Hilesi
Onlyfans Beğeni Hilesi
Spotify Takipçi Satın Al
Trovo Takipçi Satın Al
7BB5C
ReplyDeletedexview
trezor suite
pancakeswap
thorchain
DefiLlama
shapeshift
phantom wallet
bscpad
pinksale
hbfghjngjngjh
ReplyDeleteشركة كشف تسربات المياه بالاحساء
شركة عزل خزانات المياه zznBnFlI31
ReplyDeleteشركة عزل اسطح بالقطيف DtopBMb8FG
ReplyDeleteشركة مكافحة النمل الابيض بالاحساء kKDeR0abf7
ReplyDeleteرقم مصلحة المجاري بالاحساء dL0ueopydx
ReplyDeleteشركة عزل اسطح بالدمام MnI0JkIRNw
ReplyDeleteA3CCC903E3
ReplyDeletetiktok beğeni
شركة تنظيف منازل بجازان SWaUMau5HS
ReplyDelete