२० माघ, काठमाडौं । विविधताको थलो हो सुदुर पश्चिम । माल पाएर पनि चाल नपाउँदा सुदुर पश्चिम अहिले पछाडि परेकोछ । पर्यटकीय गन्तब्य स्थलहरु प्रचुर मात्रामा भए पनि उचित ब्यबस्थापन तथा सदुपयो नहुँदा माल पाएर पनी चाल नपाएको जस्तो अनुभुती भइरहको छ । त्यहाँका स्रोत साधनालई उचित सदुपयोग गरेर सुदुर पश्चिममा स्थानियले जती फाईदा लिनु पर्ने हो त्यती लिन सकेका छैनन् र सरकाले पनि यसको वास्ता नगरे जस्तो देखिएको छ ।
यहाँका आकर्षण भनेका खप्तड क्षेत्र, शुक्लाफाँटा बन्यजन्तु आरक्षण, चाँदनी दोधारा पुल, अपी हिमाल, उग्रतारा मन्दिर, शैलेश्वरी मन्दिरलगायत हुन् ।
राजा वीरेन्द्र जब खप्तड पुगे तव उनले खप्तडबाबालाई सोधेछन् ‘तपाईं किन यति अनकण्टार ठाउँ -खप्तड)मा बस्नु हुन्छ, तपाईलाई काठमाडौंमै सुबिधायुक्त आश्रम बनाई दिन्छु हुन्न ?’ जवाफमा खप्तडबाबाले भनेछन् ‘खप्तडको विकल्प खप्तड नै हो, किनभने यो मेरो पि्रय ठाउँ हो ।’ भारतमा जन्मेका सच्चिदानन्द सरस्वती स्वामी नै खप्तड क्षेत्रमा तपस्यारत रहेपछि खप्तड बाबाका रुपमा चिनिएका थिए ।
झण्डै ५ दशक खप्तडको जैबिक बिबिधतामा रमाएका बाबाको निधन २०५३ मा भएको थियो । ती बाबाका कारण जति खप्तड चिनियो, त्यसपछि यसको प्रचारमा खासै काम हुन सकेन । समुद्र सतहबाट २ हजार ७ सयदेखि ३ हजार २ सय २७ मिटरसम्मको उचाईमा २ सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्ज विश्वमै अति दुर्लभ थलथले घासे मैदान हो ।
सयौं संख्यामा रहेका बाह्र सिंगेहरु आखै अगाडि देख्दा कसको पो मन नरमाउला र ? टेलिभिजनमा देखिएका दृश्य जस्तै गरी आफ्नै आखाले प्रत्न्यक्ष देख्दा एकछिन त सपना जस्तै लाग्छ ।
यदी समय र मौसमले साथ दिएमा शुक्लाफाँटाका बाह्रसिगेका साथै अन्य जिव-जन्तुहरु पनि प्रसस्त देख्न पाईन्छ । साँझको समयमा शुक्लाफाँटा बन्य जन्तु आरक्षमा बाघ, खरायो, हात्ति, गैंडालगायत बिभिन्न प्रजातीका चराहरु समेत हेर्न पाईन्छ ।
शुक्लाफँाटा बन्य जन्तु आरक्ष जगल सफारीका लागि उत्कृष्ट गन्तव्य स्थल हो । यसको विकास तथा प्रसार-प्रसारका लागि बर्दीया राष्ट्रिय निकुन्जको जस्तै होटलको उचित ब्यबस्था गर्न सके राम्रो हुने स्थानीको भनाइछ ।
शब्दः कृष्णबहादुर महरा (अध्यक्ष पर्यटन विकास समाज)
तस्वीरः भरतबन्धु थापा
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।