Monday, June 17, 2013

दार्चुला सदरमुकाममा भीषण बाढी, पाँच वटा कार्यालयसहित ४५ घर बगायो !! महाकाली नदीको हालसम्मकै उच्च वहाव (भिडियो सहीत)

महेन्द्रनगर, असार ३ - महाकाली नदीमा पानीको वहाव हालसम्म कै उच्च पुगेकोछ । सुदरपश्चिमका पहाडी जिल्ला दार्चुला र बैतडीमा तिनदिन देखिको अविरल बर्षाका कारण यसपटक बर्षायाम सुरु हुनु अगावै पहिलो पटक महाकालीमा भिषण बाढी आएकोछ । महाकाली नदीमा आएको बाढीबाट कञ्चनपुरको भिमदत्त नगरपालिका ११ देखि १४ सम्म नदी किनारका बस्तीमा नदीको भंगालो पस्ने खतरा उत्पन्न भएको छ । भुजेलाको चौकीसोतामा बाढी पसेर केहि घर डुवानमा परेका छन् । आइतबार साँझदेखि महाकालीको बहाव बढदै गएको हो । यसपटक महाकालीको बाढी भारतीयय भूभाग हुँदै भुजेलाको चौकिसोता तिर पसेको छ । सोमबार बिहान २ लाख क्युसेक भन्दा कम बहाव मापन गरिएको महाकालीको जलस्तर दिउँसोसम्म ४ लाख ४० हजार ७ सय १६ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालयका डिएसपि बृख बहादुर रावलले बताए । यो विगतका बर्षहरुको तुलनामा हालसम्म कै उच्च वहाव मापन गरिएको हो । गतबर्ष भदौ तिर ठूलो बाढी आएका बखत महाकालीको जलस्तर ३ लाख ९८ हजार क्युसेक पुगेको थियो । झण्डै २० घण्टादेखि महाकालीको पिपरैयाघाट नजिक बाढीमा फसेका २३ जना कामदारहरुलाइ स्थानियवासीको सहयोगमा सकुशल उध्दार गरिएकोछ । स्थानीय १२ जना युवाहरुले ट्युवको सहारामा नदीकोबीच भागमा फसेका २३ जनालाई उद्धार गरेका हुन् । फसेका कामदारहरुको उद्धार कार्यकालागि सेना, प्रहरी र सशस्त्र प्हरीका उच्च अधिकारीहरु पिपरैयाघाट पुगेका थिए । 'ट्रयाक्टर लिएर आइतबार ११ बजे बालुवा र गिट्टि लिन गएकाहौं' देखतभुली गाविस ३ का कामदार मिलन चौधरीले भने, '३ बजे देखि नदीमा पानी बढन थाल्यो, वालुवा छान्नेहरु त फर्के हामी भने र्फकन सकेनौं ।' नदीको बिचमा फसेका २३ जना ट्रयाक्टर, ट्रक र जेसिभिका चालक र कामदारहरु हुन । 'रातभरी नदीको पानी घटे बढेको हेरेर बितायौ' उध्दार गरिएका अर्का कामदार झलारीका सुखिराम चौधरीले भने, 'पानी झन झन बढदै जान थालेपछि बाचिन्न कि भन्ने डर लागेर आयो ।' कामदारहरुको उध्दार गरिए पनि बालुवा, गिट्टि संकलन र ढुवानी गर्ने १ जेसिभि, १ टिपर , ६ ट्रयाक्टर र २ ट्रक भने नदीको बिचमा अलपत्र परेका छन् । स्थानियवासी जनकबहादुर सिंहका अनुसार नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीले राति अवेरसम्म फसेकाहरुलाई उद्धार गर्ने प्रयास गरेपनि पानीको वहाव तिव्र भएका कारण सम्भव हुन सकेन । 'सोमबार बिहान हामीले गाउँका युवाहरुलाइ ट्युव बाट पठाएर उध्दार गर्‍यौं' उनले भने । यसैबीच कञ्चनपुरको चाँदनी गाविस ६ बर्मेली टोलका ४० वर्षीय नन्दन ठगुन्ना महाकाली नदीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । बाढीले बगाएको काठ दाउरा बटुल्न गएका बखत ठगुन्ना बगेका हुन् । महाकाली नदीमा पानीको वहाव बढेसंगै नदी आसपासको नगरपालिका क्षेत्र र महाकाली पारीका दोधारा र चादनी गाविस उच्च जोखिममा परेका छन् । भुजेलाको चौकीसोता र ओदालीको नर्सरी उच्च जोखिममा छन् । बिगतका बर्षहरुमा त्यसक्षेत्रबाट महाकाली बस्ति तिर पस्ने गरेको हो । महाकालीको वहाव आइतवार साँझ १ लाख क्युसेक नाघ्ने बित्तिकै नेपाल -भारत सिमाक्षेत्रको बनवासा पुलमा सार्वजनिक यातायातका साधन चलाउन बन्द गरिएकोछ । पुल बन्द भएपछि भारत तर्फ आउ जाउ गर्नेहरु पैदलै सिमा पार गरिरहेका छन् । कञ्चनपुरमा आइतबार राति देखिको बर्षाले बिभिन्न नदी नाला र खोलाहरुमा बाढी आएको छ । सदरमुकाम महेन्द्रनगर र आसपासका क्षेत्र जलमग्न हुन पुगेको छ ।





0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।