शब्द/तस्विरः भरतबन्धु थापा
हरिया पाटन, पाटनभरी रंगीविरंगी फूल । छिनछिनमै मौसम बदलिने । कहिले पानी पर्ने, कहिले बादल नाच्ने र तुरुन्तै घाम लाग्ने ।
हिउँ पर्ने मौसमा त सेताम्य देखिन्छन पाटन । प्रकृतिको अनुपम उपहार सुदुर पश्चिमको खप्तड । बझाङ, बाजुरा, डोटी र अछामको संगमस्थल खप्तड क्षेत्रको प्रमुख स्थान त्रिवेणी मन्दिर हो । जहाँ पुग्न डोटीदेखि दुई दिन हिड्नुपर्छ । मन्दिर छेउकै खोलामा नुहाएर मन्दिरमा पुजा गरे पाप मोचन हुने जनबिश्वास छ ।
त्रिवेणीबाट दुई घन्टामा खापर दह पुग्न सकिन्छ । घना जंगल बीचमा फूलै फूलहरुको बीचमा रहेका दहले खप्तड क्षेत्रलाई सिंगारेको छ । त्यहाँ पुग्दा स्वर्ग भनेको यहि हो कि जस्तो लाग्छ ।
खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खापर दह, शिवमन्दिर, सहस्रलिंग, गणेशस्थान, नागढुंगा, केदार ढुंगाजस्ता धार्मिक स्थल छन् । त्यसबाहेक साना ठूला २२ पाटन र ५२ झोती यहाँका प्रमुख आर्कषण हुन् । खप्तड बाबाको वि.स. ०५३ सालमा देहावसान भएपछि उनी बस्दै आएको घर जीर्ण बन्दै गएको छ ।
जीवजन्तुको बासस्थानका रुपमा पनि परिचित छ खप्तड । खप्तड क्षेत्रमा ४ रैथानेसहित १ सय ३५ किसिमका फूल फुल्छन् । नेपालमा पाइने ७ सय मुख्य जडिबुटीमध्ये २ सय २४ प्रजातिका जडिबुटीका साथै ५ सय ६७ प्रजातीका वनस्पति र विभिन्न २ सय ७० जातका चुराचुरुंगी खप्तडमा भेटिन्छन् । खस्रे भ्यागुता र बझांगे पाहा गरी दुई प्रजातीका रैथाने उभयचर लगाएत बाघबुट्टे निगांलो पाइने यो नेपालको एकमात्र राष्ट्रिय निकुञ्ज हो । विश्वकै दुर्लभ हरियो छेपारो पनि पाइन्छ खप्तडमा ।
खप्तडको उचाइ १२६२ देखि ३२७६ मिटरसम्म छ । क्षेत्रफल २ सय २५ वर्ग किलोमिटर । खप्तड राष्ट्रिय निकुञ्ज थलथले घासे मैदानयुक्त जमिन हो । खप्तड बाबाले ध्यान गरेकाले यसलाई धार्मिक र योगसाधना स्थलका रुपमा विकास गर्न सकिन्छ । हाइ माउन्टेन गल्फ कोर्स र ध्यानका लागि पनि उपयुक्त छ खप्तड क्षेत्र । तर यति महत्वको ठाउँमा निकुञ्ज बनेको २५ बर्ष भैसक्दा पनि ३ सय भन्दा बढी विदेसी पर्यटकले पाइला टेकेका छैनन् । गंगा दशहरा मेलामा भने हजारौं नेपाली पुग्छन् ।
सुदूरपश्चिमकै प्रख्यात मेला दशेरा मेलालाई तथा खप्तड क्षेत्रकै पर्यटनको विकासका लागि भनेर रैका ट्राभल्स एण्ड टुरले प्याकेज ब्यबस्था गरेको छ । सो प्याकेज अन्तगर्त असार ४ गते लाग्ने दशेरा मेलालाई लक्षित गरेको छ । मेलामा धनगढीदेखि खप्तडको दशेरा मेलासहित खप्तडकको भम्रण गरी पुन धनगढी सम्मका लागि ६ दिनको समय छुटाएको छ । जसका लागि प्रतिब्यक्ति १५ हजार रुपैयाँ खर्च लाग्ने जनाएको छ । खप्तड प्याकेजमा डोटीको शैलेश्वरी मन्दिर, डडेलधुराको उग्रतारा र डोटीकै भागेशवर शालमुनी मन्दिरको दर्शन समेत समेटिएको छ । यदी शुक्लाफाट बन्यजन्तु आरक्षण को जगल सफारी गर्ने हो भने थप एक दिनका साथै खर्च समेत थपीने रैका टाभल्सका प्रबन्ध निर्देशक अमर शाही बताउछन् । उनी भनछ यदी दुई थप गरेमा बर्दियाको ठाकुरद्धार मन्दिर तथा बर्दिया राष्टिय निकुन्ज घुम्नुका साथै सिमसार क्षेत्रमा पर्ने प्रख्यात घोेडाघोडी तालको समेत घुम्न सकिने बताए ।
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।