महेन्द्रनगर, १८ जेठ
निलहिरा समाजका अध्यक्ष एवं पूर्व सभापति सुनिल बाबु पन्तले देशभरी साढे चार लाख तेस्रोलिङ्गी रहेको बताएका छन् ।
शुक्रबार महेन्द्रनगरको होटल आपेरामा आयोजित पत्रकार सम्मेलनमा जारी दिदै पूर्वसभासद पन्तले तेस्रोलिङ्गीहरुको अधिकारका लागि सबैले सहयोग गर्नु पर्ने बताए । उनीहरुको सम्पर्कमा देशभरी साढे चार लाख तेस्रोलिङ्ग भएपनि सरकारले एकिन तथ्याङ्क नलिएको उनले गुनासो गरे । निर्वाचन आयोगले १७१ जना मतदाता रहेको उल्लेख गरेको बताउदै अहिलेसम्म देशभरी ८ जनाले मात्रै तेस्रोलिङ्गीका रुपमा नागरिकता पाएको जानकारी दिए ।
कैलाली र कञ्चनपुरमा पनि चार हजार तेस्रोलिङ्गी रहेको ब्लू डायमन्ड सोसाइटीले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै पन्तले सार्वजनिक सौचालय प्रयोग गर्दा समेत तेस्रोलिङ्गीलाई समस्या हुने गरेको उल्लेख गरे । महिला र पुरुषसँगै तेस्रोलिङ्गीका लागि पनि सौचालय हुनु पर्ने उनले बताए । तेस्रोलिङ्गी पनि समाजका अंग भएकोले उनीहरुको हकअधिकारका लागि सबैले सहयोग गर्न आग्रह गरे ।
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।