Thursday, July 11, 2013

कर्णाली पुल जोखिममा

–प्रकाश सिंह
बाजुरा, २५ असार
कर्णाली नदीमा पानीको बहाव बढेपछि जिल्लाको वाई, जुकोट र साप्पाटा जोड्ने कर्णाली पुल उच्च जोखिममा रहेको छ । 
अबिरल बर्षाका कारण पानीको बहाव बढेर नदीले पुलको छेउछाउको जमिन कटान गर्न थालेपछि पुल भत्किने संभावना भएको स्थानिय पाण्डब नाथ योगीले बताएका छन् । सदरमुकाम मार्तडी र कोल्टि बजार जोड्ने एक मात्र कर्णालीमा पुल भन्दा माथि पानी बग्न थालेपछि कर्णाली पारीका तीन वटा गाविस वाइ, जुकोट र साप्पाटाका बासिन्दालाई आवत जावतमा गर्न समस्या भएको हो । 
नदीमा पानीको बहाव बढेपछि तटबन्धका लागि निर्माणका लागि प्रयोग गरिएका जाली समेत बगाउन थालेको स्थानीय बासिन्दाले बताएका छन् । कर्णाली नदीको किनारामा होटल व्यवसाय संचालन गरिरहेका ब्यापारी र स्थानिय बासिन्दाले एकसाता अघिनै बस्ति सारी सकेका छन् । तटबन्ध नभएको ठाउँमा जमिन कटान समेत भएको छ । नदीमा पानी बढेपछिकिनारामा बसोवास गर्दै आएका ६ परिवार बिस्थापित भएका छन् । 
पुल पुरानो र जिर्ण भएता पनि मर्मतको लागि भने कुनै क्षेत्रबाट पहल नभएको स्थानिय बासिन्दाको आरोप छ । दैनिक उपभोग्य सामान लिन, कामकाजका लागि सदरमुकाम मार्तडी र कोल्टि आउन–जान समेत समस्या भएको छ । यो क्षेत्र 
सदरमुकाम मार्तडीबाट दुई दिनको पैदल दुरीमा पर्छ ।  

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।