Tuesday, July 16, 2013

आज साउने संक्रान्ती !


आज साउन १ गते अर्थात सौर्यमान अनुसार आजदेखि सूर्य कर्कट राशीमा प्रवेश गरी दक्षिणायण हुने दिन । हिन्दु धर्मावलम्बीहरुले आजको दिनलाई साउने संक्रान्ती पर्वको रुपमा मनाउँदैछन् ।  सौर्यमान अनुसार सुर्य दक्षिणायन तिर गई कर्कट रेखा माथि पुग्ने भएकाले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ । 
साउने संक्रान्तिलाई हिन्दु धर्मालवम्बीहरुले ठूलो पर्वकै रुपमा माघे संक्रान्तिमा झैं विशेष रुपमा मनाउने गर्छन् ।
साउन महिनाभर विवाहित महिलाहरु साउने संक्रान्तिदेखि सौभाग्यको प्रतीक, वस्त्र पहिरिने र प्रत्येक सोमबार व्रत बसी शिवको पूजा आरधना गर्छन् । 
आजका दिन असारे वर्षा र हिलोवाट आउन सक्ने विभिन्न रोगहरु बाट वच्न लुतो फाल्ने परम्परा रहेकेा छ । 
साउने संक्रान्तिमा दाद लुतो खटिरा जस्ता छालाका रोगवाट वच्न सकिने विश्वासका साथ कुकुरडाईनो कागभलायो कुरिलो पानीसरो पुरेनी गलेनी जस्ता औषधीजन्य वनस्पति जलाएर घरको आगँनवाट चारै दिशातर्फ अगुल्टो फाल्ने गरिन्छ । 
साउनलाई हरियो महिनाका रुपमा समेत मनाउने गरिन्छ । विशेषत्ः हिन्दु धर्मममा विश्वास राख्न महिलाहरुले हरियो चुरा तथा मेहेन्दी लगाएर साउन लाई पर्वकै रुपमा मनाउँछन् । 

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।