अबिरल बर्षा का कारण कैलाली को सदर् मुकाम धनगढी को रतोपूल, सेतोपूल, क्याम्पस रोड, हसनपुर, तरानगर लगायत का स्थान हरु बाढि बाट प्रबाहित | धनगढी बजार को मेन रोड (प्रमुख सडक) मा नै यसरी बाढि आउनु र बर्षा को पानी भरिएर जलमग्न हुनु लाई तपाईं के भन्नु हुन्छ? अनी बर्षा को पानी को निकास न हुनु को कारण के होला? र तपाईं येस्मा कस्को दोश देख्नुहुन्छ ? भबिस्य मा यस्तो न हुन के गर्नु पर्ला?
(Photo Credits:Pritam Bhatta, Janak Dhami, Chakra Chand, Rabin Pant,Rajendra Joshi, दीपक उपाध्याय नेपाल, Akash Upadhyay,Mahesh Shah)
अविरल वर्षा पछि आएको बाढीले कैलालीको विभिन्न क्षेत्र डुबानमा परेको छ। धनगढी नगरपालिका र विभिन्न गाविसमा सयौं घर डुबानमा परेका छन्। सदरमुकाम धनगढीमा समेत बाढीले धेरै घर डुबाएको छ।
प्रहरीका अनुसार सदरमुकाम धनगढीको शिवनगर, विशालनगर, बसन्तटोल, जोखरताल, मेन रोड लगायतका क्षेत्रमा बाढीले क्षति पुर्याएको छ। धनगढी बजारको मुख्य सडकका केही पसलमा समेत पानी पसेको छ।
कनरी नदीले उर्मा, फूलबारी, बेलादेवीपुर गाविस र धनगढी नगरपालिकाका केही बस्तीका घरमा क्षति पुर्याएको छ। हुलाकी मार्गमा निर्माण भैरहेका कल्भर्ट समेत बाढीले बगाएको बताईएको छ। कल्भर्ट बाढीले बगाए पछि धनगढी –फूलबारी सडक खण्डमा यातायात सेवा अवरुद्ध भएको छ।
बाढीले पहलवानपुर गाविसस्थित पूर्वपश्चिम राजमार्गको केही भाग कटान गरेको छ। कन्द्रा नदी पहलवानपुर र रामशिखरझाला गाविसका केही बस्तीमा पसेको छ। बाढी प्रभावित क्षेत्रमा उद्दारका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रसकर्मी खटिएका छन्। केही स्थानमा सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन्। उद्दारका प्रयास भैरहेका छन्।
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।