इस्लाम धर्मालम्बीहरुको मुख्य पर्ब इर्द उल फित्र (इद) पर्व आज मुस्लिम समूदायले एक आपसमा आर्शिबाद तथा शुभकामना आदान प्रदान गरी मनाइरहेका छन् ।
मुस्लिम क्यालेन्डर अनुसार रमजान महिना भर सुर्योदय भएदेखि सुर्यास्त नहुँदासम्म उपवास अर्थात रोजा बस्ने चलन छ। वर्षका १२ महिनामा रमजानको महिनालाई एउटा शुभ महिनको रुपमा लिइन्छ । यही महिनामा प्रफेट महमदले मुस्लीमहरुको धार्मीक ग्रन्थ ल्याएका थिए । यो महिनाभरी जन्नत(स्वर्ग)को ढोका खुला हुने गर्छ र जुहन्नम्(नर्क)को ढोका बन्द हुने विश्वास राख्छन् नेपाल मुस्लिम संघका अध्यक्ष शलिम खान गावस ।
एक महिना लामो रोजा पुरा भएपछि आज राजधानीको जामे मस्जिदमा भेला भएर मुस्लिम समुदायले सामुहिक रूपमा नबाज बाचन तथा , शुभकामना आदान प्रदान गरेका छन् । नमाज पढिसकेपछि एक अर्कासँग गला मिलाएर इदको शुभकामना आदान–प्रदान गर्दै भाइचारा र आत्मियता साटासाट गर्दै इद मनाइरहेका छन् ।
इदमा आफन्त र छिमेकीहरुलाई बोलाएर सेवई, खजुरलगायतका मिठा–मिठा खानेकुरा ख्वाईने चलन छ।
यो पर्वमा नँया लुगालगाउने र मिठामिठा खाने कुराहरु खाएर रमाउने गरिन्छ।
२०६८ को जनगणना अनुसार नेपालमा इस्लाम धर्मालम्बीको जनसंख्या ११ लाख ६४ हजार छ। इदका अवसरमा सरकारले सार्वजनिक विदा पनि दिने गरेको छ। यसै सन्दर्भमा सेतोपाटीका फोटो पत्रकार प्रकाश लामाले खिचेका केही तस्वीरहरु हेर्नुहोस् फोटोफिचरमा ।
रमजानको अन्तिम दिन राजधानीको जामे मस्जिदमा इफ्तारको लागि भेला हुँदै ।
मुस्लिम बालबालिका उपवास पछि
मस्जिद परिसरमा मिठाइका परिकार बेच्दै एक मुस्लिम धर्मावलम्बी ।
रमजानको अन्तिम दिन देखिएको मस्जिद
उपवास तोड्दै ।
सामूहिक नवाज पढ्दै ।
शुभकामना आदन प्रदान गर्दै
राजधानीको जामे मस्जिद अगाडि जम्मा भएका मुस्लिम समूदायका मानिसहरु
Source: Setopati.com
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।