Sunday, December 29, 2013

छाउपडी मुक्त हुँदा देउडा नाच (फोटो फिचर)

मुगुको सोभा गाउँलाई पहिलो छाउपडी मुक्त गाउँ घोषणा गरिएको छ। सो क्रममा आयोजित कार्यक्रममा स्थानीय महिलाले देउडा नृत्य प्रस्तुत गरेका छन्। महिलाहरु महिनावारी भएका बेला ३ देखि ७ दिनसम्म गोठमा बस्नुपर्ने प्रथा सुदूर पश्चिममा छाउपडी भनिन्छ।
महिनावारी भएका महिला घरभित्र बस्दा देउता रिसाएर अनिष्ट हुने, दही, दूध, घ्यू खाँदा, गाई छुदा पाप लाग्ने, फलफूलकाबोट छुदा सुकेर मर्ने भन्ने अन्धविश्वासका कारण यो भेगमा महिलाहरु विभेदको शिकार हुन बाध्य छन्।
छाउपडी मुक्त गाउँ घोषणा गरिएपछि सोभा गाउँका महिलाहरु महिनावारी हुँदा घरभित्रै बस्न थालेका छन्। मुगुबाट नागरिकन्युजकर्मी सुमन मल्लले पठाएको फोटो फिचरः
   

2 comments:

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।