Sunday, December 29, 2013

टुँडिखेलमा ल्होछारको स्वागत (फोटो फिचर)

टुँडिखेलमा ल्होछारको स्वागत (फोटो फिचर)
काठमाडौं- गुरुङ समुदायले सोमबार देशभर ल्होछार पर्व माउँदैछन्। हरेक वर्ष ल्होछारका अवसरमा मान्यजनबाट आशवर्वाद लिने र शुमकामना आदानप्रदान गर्ने गरिन्छ। हरेक १२ वर्षमा युग परिवर्तन हुने र यी वर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, कुकुर र बँदेका प्रतीकका रुपमा लिइन्छ। यो पटक सप्री ल्हो (सर्प वर्ग)को विदाइ तथा त ल्हो (घोडा वर्ग)को स्वागत हुने जनाइएको छ। 
नयाँ वर्षका रुपमा ल्होछार पर्व तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङवा, लेप्चा लगायतका जातिले मनाउने गर्छन्। गुरुङले यो वर्ष पुस १५ मा तोला ल्होसारको रुपमा, तामाङलगायतले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछारको रुपमा तथा शेर्पा र भोटे लगायतका जनजातिले फागुन शुक्ल प्रतिपदाका दिनदेखि ग्याल्पो ल्होछारको रुपमा मनाउने चलन छ। ल्होछारको स्वागतमा आइतबार टुडिखेलमा नाँच गान लगायत विभिन्न कार्यक्रम आयोजना गरियो। तमु ल्होछारको अवसरमा सरकारले सोमबार सार्वजनिक विदा दिएको छ।
     

3 comments:

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।