Sunday, March 16, 2014

ट्वान्टी २० विश्वकप क्रिकेटमा नेपालको विजयी सुरुवात

nepal-twenty-20-circket--6
२ चैत, बंगलादेश । ट्वान्टी २० विश्वकप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । जोहर अहमद चौधरी स्टेडियममा आइतवार भएको क्रिकेट मैदानमा भएको खेलमा चिरप्रतिद्वन्द्वी हङकङलाई ८० रनले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो । एक सय ५० रनको लक्ष्य पछ्याएको हङकङलाई १७ ओभरमा ६९ रनमै अलआउट गर्दै नेपालले ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको हो ।nepal-twenty-20-circket-1
हङकङलाई सस्तैमा समेट्न नेपालका शक्ति गौचनले ४ ओभरमा ९ रन खर्चेर तीन विकेट लिएका थिए । उत्कृष्ट बलिङ गरेका गौचन म्यान अफ दी म्याद समेत घोषित भए । यसैगरी ४ ओभर नै बलिङ गरेका बसन्त रेग्मीले १४ रन खर्चेर ३ विकेट लिए भने सोमपाल कामीले दुई तथा कप्तान पारस खड्का र जितेन्द्र मुखियाले एक-एक विकेट लिए ।
nepal-twenty-20-circket-2
जितपछि नेपाली टोलीका कप्तान पारस खड्काले आफूहरुले हङकङमाथि रोमाञ्चक जित हात पारेको वताए । उनले भने,’आज हाम्रो स्पिनरले साँच्चै प्रभावाशी रहे । प्रभावशाली प्रदर्शन गरेकोमा खुशी छौँ ।’ खड्काले आफूहरुको हेरक खेलमा नेपाली दर्शकहरुले अगाडि बढ्नका लागि टोलीलाई थप उर्जा दिएको प्रतिक्रिया दिए । उनले भने,’नेपाली क्रिकेटका फ्यान जसले हामीलाई साथ दिइरहनु भएको छ । विश्वास छ उहाँहरुले हामीलाई अगाडि बढ्न प्रेरणा दिनुहुनेछ । खड्काले अबका खेलमा अझै जितका लागि मेहेनत गर्ने वताए ।
nepal-twenty-20-circket--3
यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले पुरै ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय ४९ रन जोडेको थियो । नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४८ रनको योगदान दिए ४२ बलको सामना गरेका मल्लले ४ चौका र एक छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् । ३६ बलको सामना गरेका कप्तान पारस खड्काले ४ चौकाको मदतमा ३९ रनको योगदान दिए । यसैगरी ओप्नर व्याट्स म्यान सुवास खकुरेलले २२, सदर भेष्वाकरले १४, सागर पुनले १३ तथा विनोद भण्डारीले एक रनको योगदान दिएका थिए ।
nepal-twenty-20-circket--4
 समूह ए मा रहेको नेपाल पहिलो जितसँगै रनरेटका आधारमा बंगलादेशलाई पछि पार्दै अंक तालिकाको शीर्ष स्थानमा छ । अब अर्को खेलमा नेपालले चैत ४ गते आयोजक राष्ट्र बंगलादेशसँग नेपाली समय अनुसार साँझ सवा ७ बजे प्रतिस्पर्धा गर्ने छ ।
nepal-twenty-20-circket-5
nepal-twenty-20-circket--6
nepal-twenty-20-circket-7
nepal-twenty-20-circket-8
nepal-twenty-20-circket-9
nepal-twenty-20-circket-10
nepal-twenty-20-circket-11
nepal-twenty-20-circket-12
nepal-twenty-20-circket-13
nepal-twenty-20-circket-14
nepal-twenty-20-circket-15
nepal-twenty-20-circket-16
nepal-twenty-20-circket-18
20-20-World-cup-Circket-1
Source: onlinekhabar

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।