यज्ञराज जोशी
धनगढी फागुन २२ गते ।
धनगढी फागुन २२ गते ।
फाप्ला क्रिकेट मैदान, केही समय अघि सम्म गुमनाम जस्तै थियो । धनगढी बाहेकका अन्य स्थानमा खासै कमैले मात्र यो नाम सुनेका थिए होलान । अहिले मैदानले एक्कासी कसैले नसोचेको देशव्यापी चर्चा पाउन थालेको छ ।
फाप्लाको बिगत भने निकै दर्दनाक थियो । स्थानियका गाई भैसी चराउने मैदानका रुपमा प्रयोगमा आउथ्यो यो मैदान । मैदानकै विच बिचमा भैसी आल खेल्ने ठुलठुला खाल्डा थिए , मैदान भरि कुरो(झार) उम्रिएको हुन्थो l स्थानिय युवाहरु फुटबल खेल्न त्यहाँ जान्थे जुन कारणले फुटबल मैदानका रुपमा बढी चिनिन्थो । नजिकै समुदायिक बन भएकाले बनकै एउटा खाली जमिन मात्रमा सिमित थियो यसको अस्तित्व तर हाल यसको मुहार फेरिएको छ । बहुप्रतिक्षित नेपाल प्रिमियर लिग, क्रिकेटको राजधानी मानिने धनगढीमा हुने भएपछि त्यही गुमनाम रहेको फाप्लाले एक्कासी आफ्नो परिचय बदलेको हो । धनगढीबाट सुरु हुने लिगका खेलहरु यही फाप्ला मैदानमा खेलाईने भए पछि सवैको नजर यस मैदानमा परेको हो । अनि धेरैका मनमा मैदान बारे विभिन्न जिज्ञासा उठान थालेका छन ।
धनगढी चौराहाबाट झण्डै २ किलोमिटर उत्तर तर्फ पर्ने फाप्लामा हाल सवैको नजर अडिएको छ । निर्माणाधिन रहेको मैदान हेर्न मात्रै दैनिक मानिसहरुको उपस्थित बाक्लिदै गएको छ। फाप्ला अघि धनगढीमा हुने प्रतियोगिता स्थानिय धनगढी रंगशालामा सम्पन्न गरिन्थ्यो । रंगशाला त्यती बेला क्रिकेटका लागि सवैभन्दा उपयुक्र्त मैदान पनि मानिन्थ्यो । छठौ राष्ट्यि खेलकुद प्रतियोगिताबाट रंगशालालाई विशेषत फुटबल मैदानका रुपमा निर्माण गरियो र जसले त्यहाँ क्रिकेटको मैदान मासियो । जसले त्यहाँ क्रिकेटको सम्भावना रहेन । त्यस सँगै धनगढीमा क्रिकेट मैदानको अभाव देखिन थालिएको थियो । विकल्पमा रंगशालाको अभाव अञ्चल प्रहरी कार्यालय कैलालीको खेल मैदानले पुर्ती गर्न थाल्यो । धनगढी बजारको बिच भागमा रहेको सो मैदान उपयुक्र्त र सवैका लागि पायक पर्ने ठाउमा समेत रहेको थियो । तर सो खेल मैदान प्रहरीको घेराभित्र भएकाले पनि मैदानको स्वीकृती पाउन त्यतीबेला त्यती सहज भने थिएन । एसपीए कपको आयोजनाका लागि पनि सो मैदानको स्वीकृती पाउन उतिवेला निकै सघर्ष गर्नु परेको अनुभव आयोजकसँग रहेको छ ।
धनगढीमा क्रिकेट प्रतियोगिताहरु एक पछि अर्को गर्दै हुन थाले पछि यहाँ क्रिकेट मैदानको अभाव सवैलाई खड्किसकेको थियो । त्यतीनै वेला धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीका नजरमा फाप्ला मैदान पर्यो र उनले मैदानलाई क्रिकेट मैदानको रुपमा विकाश गर्न सकिने सोच अगाढी बढाए । उनको त्यो सोचनै उजाड रहेको फाप्लालाई राष्ट्यि स्तरको मैदानका रुपमा स्थापित गर्न मदत पुगेको हो । सर्वप्रथम फाप्लालाई क्रिकेट मैदानका रुपमा परिचित गराउने काम धनगढी क्रिकेट एकेडेमीले गरेको हो । धनगढीमा क्रिकेट मैदानको अभाव देखिएसँगै बैकल्पिक मैदानका रुपमा फाप्लालाई धनगढी क्रिकेट एकेडेमीले धनगढी क्रिकेट लिगको आयोजनाका लागि प्रयोगमा ल्याएको थियो । पहिलो पल्ट क्रिकेट मैदानको नाम पाउन थालेको फाप्लाको स्थिती भने क्रिकेटका लागि उपर्युक्त थिएन । बिच बिचमा खाल्डा थिए, जताततै झारपात थियो । अनि मैदान पनि मिलेको थिए । मैदानमा सम्भावना देखेका शाहीले व्यक्तिगत खर्चमा मैदान निमार्णका लागि आवश्यक सामाग्रीहरु, उपकरणहरु जुटाएको आफैले मैदान समेत सफा गरेको अझै सम्झन्छन । त्यस पश्चात मात्र मैदानले क्रिकेट मैदानको स्वरुप प्राप्त गरेको हो ।
धनगढी लिगको पहिलो संस्करणमा पहिलो पल्ट क्रिकेट मैदानको नाम पाएको फाप्लाले विस्तारै सञ्चार माध्यममा स्थान पाउन थाल्यो । तर फाप्लालाई सवैका सामु परिचित गराउने काम भने सोही लिगले गरेको हो । हाल फाप्लामा लिगको दोस्रो संस्करण चलिरहेको छ । दोस्रो संस्करण चलिरहदा एनपीएलका खेलहरु यही मैदानमा हुने भने पछि तत्काललाई धनगढी लिगलाई रोकि मैदान निर्माणको कार्य धमाधम थालिएको छ । हाल मैदान लेबलिंगको कार्य भैरहेको छ । मैदानलाई रास्ट्रिय स्तरको बनाउन कुनै कसुर बाकी नराखिने शाहीको प्रतिवद्धतासँगै मैदान निर्माण धमाधम भईरहेको हो । मैदान सम्म पुग्न सजिलो होस भन्ने उद्येश्यले यस अघि नै नगरबस सञ्चालनमा ल्याई स्थानिय निकायले प्रतिबद्धता गरेका छन । धनगढीमा एनपीएल लिगको आयोजनाको मुख्य जिम्मेवारी पाउनु भएका धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष शाहीले जिम्मेवारी पाएको दोस्रो दिनबाट नै मैदानमा प्रत्यक्ष आफै सक्रिय भएर मैदान निर्माण कार्य सम्पन्न गर्न जुटिरहनु भएको छ । उनको यस सक्रियताले मैदान निर्माणको कार्य केही दिनमा सम्पन्न हुने लगभग निश्चित छ ।
धनगढी लिगको पहिलो संस्करणमा पहिलो पल्ट क्रिकेट मैदानको नाम पाएको फाप्लाले विस्तारै सञ्चार माध्यममा स्थान पाउन थाल्यो । तर फाप्लालाई सवैका सामु परिचित गराउने काम भने सोही लिगले गरेको हो । हाल फाप्लामा लिगको दोस्रो संस्करण चलिरहेको छ । दोस्रो संस्करण चलिरहदा एनपीएलका खेलहरु यही मैदानमा हुने भने पछि तत्काललाई धनगढी लिगलाई रोकि मैदान निर्माणको कार्य धमाधम थालिएको छ । हाल मैदान लेबलिंगको कार्य भैरहेको छ । मैदानलाई रास्ट्रिय स्तरको बनाउन कुनै कसुर बाकी नराखिने शाहीको प्रतिवद्धतासँगै मैदान निर्माण धमाधम भईरहेको हो । मैदान सम्म पुग्न सजिलो होस भन्ने उद्येश्यले यस अघि नै नगरबस सञ्चालनमा ल्याई स्थानिय निकायले प्रतिबद्धता गरेका छन । धनगढीमा एनपीएल लिगको आयोजनाको मुख्य जिम्मेवारी पाउनु भएका धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष शाहीले जिम्मेवारी पाएको दोस्रो दिनबाट नै मैदानमा प्रत्यक्ष आफै सक्रिय भएर मैदान निर्माण कार्य सम्पन्न गर्न जुटिरहनु भएको छ । उनको यस सक्रियताले मैदान निर्माणको कार्य केही दिनमा सम्पन्न हुने लगभग निश्चित छ ।
क्रिकेट खेलका लागि मैदान पहिलो शर्त हो । जुनसुकै स्थानमा पनि राष्ट्यि तथा अन्तरास्ट्रिय स्तरको प्रतियोगिता आयोजना सम्पन्न गर्न सवैभन्दा पहिले त्यहाँ मैदान छ छैन वा कस्तो छ, भनि हेरिन्छ त्यस पछि मात्र त्यहाँ प्रतियोगिता आयोजना गर्ने नगर्ने निश्चित हुन्छ । नेपालमा धेरै अन्तराष्ट्यि प्रतियोगिता हुन नसक्नुको प्रमुख कारण पनि मैदानको अभाव नै हो । भएका केही मैदानहरु पनि काठमाण्डौमा मात्र सिमित भईदिदा त्यस बाहिरका जिल्लाहरुले अन्तरास्ट्रिय स्तरका प्रतियोगिता आयोजना पाएका छैनन । काठमाण्डौ बाहिर मैदानको अभावले राष्ट्यि लिगहरु सञ्चालनमा समेत अप्ठारो पर्दै हुदै आएको छ । फाप्लालाई बैकल्पिक क्रिकेट मैदानको रुपमा स्थापित गर्न सकिएान त्यही अप्ठारो स्थितीलाई सहज बनाउन सकिने छ । यहाँका स्थानिय त्यही काममा जुटेका पनि छन अहिले । उनीको यो सह्रायिन कामको सवैबाट साथ समर्थन पनि त्यतिकै आवश्यक पनि छ । सवैभन्दा बढी त देशमा क्रिकेट विकाशको जिम्मा पाएको नेपाल क्रिकेट संघले यसमा पहल गर्नु पर्ने हो तर क्यान यहाँका लागि आकाशको फल जस्तै छ । जसले यहाँको क्रिकेट विकाशका लागि कुनै कदम चालेको देखिदैन । क्रिकेट मैदान निर्माणमा जुटेका यहाँका स्थानियहरुले क्यानलाई चुनौती दिएका छन । तर पनि क्यानलाई कुनैपनि मतलब छैन । जबकी राष्ट्यि तथा अन्तराष्ट्यि प्रतियोगिताहरुको लागि यस क्षेत्रले थुप्रै खेलाडीहरु समेत उत्पादन गरिसकेको छ । विगतमा भएको मैदान अभावलाई भने फाप्लाको निर्माणले पुरा गरिदिने छ । त्यससँगै यहाँबाट थुप्रै अन्तरास्ट्रिय खेलाडीहरु उत्पादन हुनेमा कसैको दुईमत नरहला । जय नेपाल जय नेपाली क्रिकेट ।
(लेखक क्रिकेट फारवेष्ट फेसबुक पेजका एडमिन समेत हुन ।)
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।