Sunday, April 13, 2014

धनगढी दौडाउने दौडमा युवाहरु

योगेश रावल कैलाली, चैत ३० 


धनगढी जेसिजमा आवद्ध युवाहरु नयाँ वर्ष २०७१ को शुभ बिहानीसँगै धनगढी दौडाउने अभियानमा जुटेका छन्। 
 
'अब धनगढी दौडिन्छ' भन्ने नाराका साथ बैशाख १ गते आयोजना हुने हाफ म्याराथनको तयारी पूरा भएको जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दलबहादुर ओलीले कुनै एउटा क्षेत्रमा मात्रै नभई सबै क्षेत्रमा धनगढी दौडाउने अभियानमा आफूहरु जुटेका बताएका छन्। 
 
'कुनै एउटा क्षेत्रमा मात्रै हैन' उनले भने–'ब्यापार, पर्यटन, शिक्षा, खेलकुद लगायतका सबै क्षेत्रमा अब धनगढी दौडिन्छ।'
 
उनले धनगढी जेसिजमा आवद्ध युवाहरुले धनगढीलाई हरेक क्षेत्रबाट दौडाउने बताए। अध्यक्ष ओलीले युवाहरुको साझा पहलले हरेक क्षेत्रमा धनगढी दौडिने विश्वास व्यक्त गरे। 
 
ओलीले धनगढी जेसिजले आयोजना गरेको हाफ म्याराथनलाई सुदूरपश्चिमका सबै जिल्लामा रहेका जेसिज मार्फत विस्तार गर्ने योजना रहेको बताए। 
 
'सुदूरपश्चिमका नौ वटै जिल्लामा जेसिज साथीहरु छन्' उनले भने–'हाम्रो चाहना छ। जेसिज मार्फत सुदूरपश्चिमका सबै युवा दौडिनु पर्छ।'
 
सुदूरपश्चिममै पहिलो पटक आयोजना हुन लागेको हाफ म्याराथनमा धावक बैकुण्ठ मानन्धर, नायक सुमन सिंह लगायत करिव ५ सयको सहभागीता रहने बताईएको छ।
क्षेत्रीय रंगशालाबाट सुरु हुने म्याराथन दौड गेटा गाविसको आरपी फ्लोर मिल पुगेर पुनः क्षेत्रीय रंगशालामा फर्किने बताईएको छ। 
 
एभरेष्ट बैंकले मुख्य प्रायोजन गरेको म्याराथन दौडका कारण सवारी आवागमनमा समस्या नहोस् भनेर ट्राफिक व्यवस्थापन गरिएको प्रतियोगिता संयोजक धनगढी जेसिजका कार्यकारिणी उपाध्यक्ष प्रकाश चन्दले जानकारी दिएका छन्। 
 
उनले एम्बुलेन्स र विभिन्न ६ स्थानमा स्वास्थ्यकर्मी सहितको व्यवस्था मिलाईएको बताएका छन्। 
 
सोही अवसरमा धावक बैकुण्ठ मानन्धरलाई सम्मान समेत गरिएको धनगढी जेसिजले जानकारी दिएको छ। 
Source: Setopati

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।