Friday, May 9, 2014

जिल्ला प्रहरी कार्यालय कैलालीमा महिला तथा बालबालिका सेवा केन्द्रको नब निर्मित भवन समुद्घाटन



जिल्ला प्रहरी कार्यालय कैलालीमा महिला तथा बालबालिका सेवा केन्द्रको नब निर्मित भवन आज एक कार्यक्रमका बीच समुद्घाटन भएको छ, सुदुरपश्चिमका प्रहरी प्रमुख डी. आइ. जी जय बहादुर चन्दले आज भवनको उद्घाटन गर्नु भएको हो ! उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रहनु भएका डी.आइ.जी. चन्दले महिला सुदुरपस्चिममा हुने गरेका महिला हिंसाका घटनाहरुलाई सुन्यमा झार्न आफुले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिइसकेको र बस्ति भेटघाट कार्यक्रम मार्फत पनि ग्रामिण स्तर सम्म लागि परेको बताउनु भएको छ, कार्यक्रममा बिशिस्ट अथिति रहनु भएका प्रमुख जिल्ला अधिकारी बेद प्रकाश लेखक, अंचल प्रहरी कार्यालयका प्रमुख लव बिस्ट , महिला विकास अधिकृत गोमा प्रशाई, इन्सेक क्षेत्रिय संयोजक खडक राज जोशी, ओरेक नेपालकी जिल्ला संयोजक संगीता अधिकारि आदिले मन्तब्य ब्यक्त गर्नु भएको थियो, कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, गैह्र सरकारी सस्थाका प्रमुख तथा प्रतिनिधि तथा पत्रकारहरुको उपस्थिति रहेको थियो !




News Reporter: Basu Bhattarai. 

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।