Friday, May 9, 2014

जेठ १४ मा हमालको बिहे पक्का

rajesh-hamal-and-madhu
अन्तत लामो समयको प्रतिक्षा पश्चात नायक राजेश हमालले बिहे गर्ने पक्का भएको छ । फाल्गुनमा बिहे गर्ने बताएपनि हमालले विविध कारणले गर्दा नसकेको बताएका थिए ।
जेठ महिनामा बिहे हुने खबर बाहिर आएपनि मिति तय भएको थिएन । अन्तत प्रेमिका मधु भट्टराइसँग हमालको बिहे जेठ १४ गते हुने पक्का भएको छ ।
हमालको बिहेका लागि उनका दिदीहरु अर्को साता नेपाल आउँदैछन् । हमालको बिहेमा बोलाउने १ सय जना पाहुनाको नाम पनि पक्का भैसकेको बताइएको छ । यसमा विशिष्ट व्यक्तीदेखि सिनेकर्मीसम्म छन् ।
यसका लागि हमाल र मधु तयारीमा पनि लागिसकेको बताइन्छ । हमालले बिहे लगतै एक पार्टी प्यालेसमा भव्य बिहे भोज दिने तयारी पनि गरेका छन् । तर बिहे भने सामान्य हुने बताइएको छ । मंगलबार उनले प्रेमिका मधु भट्टराइलाई सार्वजनिक गर्दै प्रपोज पनि गर्ने तयारी गरेका छन् ।
Source: Onlinekhabar

1 comments:

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।