Wednesday, June 18, 2014

गिदीमा गोबर भरिएकाहरुको मोटर साईकल र्‍याली

brazil-supportersपहेंलो जर्सी देख्दा ब्राजिलियन खेलाडी रहेछन् कि भनेर झुक्किएला जस्तो । तर होइन, यि गिदीमा गोबर भरिएकाहरु हुन् । यिनले ब्राजिलको फूटबल टोलीको समर्थन गर्दै काठमाडौंमा मोटरसाईकल र्‍याली निकालेका । सडक जाम गर्दै । यि युवाहरु हुन् । बच्चा होइनन् । सचेत, पढेलेखेका युवाहरु । तर यिनलाई के शिक्षित भन्ने ? के सचेत भन्नु ? नेपालसित कुनै नाता साईनो नभएको । नेपाल र नेपालीसित यिनको कुनै सम्पर्कपनि नहुने । नेपालीलाई केहि गुन लगाएर क्रितज्ञ हुनुपर्नेपनि केहि छैन । तैपनि फूटबल टोलीको समर्थनका नाममा आफ्नो देशको सडक बन्द गरिगरि किन र्‍याली निकाल्नुपर्ने ? आफ्ना देशका नागरिकलाई दुख दिएर सम्बन्धनै नभएको देशको फूटबल टोलीको समर्थन् ?

हाम्रा देशका सिमा मिचिएका छन् । हाम्रो देश झन निर्धन बन्दै गएको छ । राजनितिक बिक्रिति उस्तै छ । भ्रस्टाचारले गाँजेर देश उठ्नै नसक्ने बन्न लागिसक्यो । देश बिभाजित छ । समाज बिभाजित भएको छ । देशमा संविधान छैन । युवाहरुले सोच्नुपर्ने, लाग्नुपर्ने धेरै गम्भिर विषय छन् । युवाहरु भनेका देशले आशा गर्ने, सामाज र घर परिवारले आशा गर्ने मुख्य स्रोत हुन् । तर यि त पुरै लन्ठुवा रहेछन् । यिनको बुद्दी, बिबेक, चासो र संलग्नताले निशाहिनता देखाउँछ । यस्ता युवाहरुबाट परिवार, समाज र देशले के आशा गर्ने ? यि देश, समाज र आफ्नै परिवारकालागिपनि बोझ हुन् ।
विकसित देशहरुले आफ्ना विकासका संरचना बनाइसके । आधुनिक प्रविधी र संरचनामा हामी भन्दा पाँच सय वर्ष अगाडि पुगिसके । बेरोजगारको दर न्युन छ । तिनलाई अब आराम, मोजमस्ती, रमाईलो र मनोरञ्जन छाहिएको छ । ति त्यसैमा रमाउँछन् । बरु निर्धन देशका नागरिकलाई आफ्ना स्वार्थ र प्राथमिकतामा पिछलग्गु बनाएर आफ्नो स्वार्थ पुर गर्न खोज्छन् । हाम्रा र तिनका आवश्यकता, प्राथमिकता समान हुँदैनन् । त्यसमा सबैभन्दा सचेत हुनुपर्नेनै युवाहरु हुन् । तर यस्ता गतिहिन, दिशाहिन युवाहरुले त्यो के सोच्थे ?
मानिसलाई मनोरन्जन चाहिन्छ । रमाईलो गर्नु पर्छ । जिवन भनेको सधैं गम्भिर र भावुक बन्ने मात्रै होइन । तर बाउ आमाले दुखले कमाएको धन यसरिनै हो सदुपयोग गर्ने ? बाउ आमाको सम्पत्तीमा मोटर साईकल दगुराएर बाटो बन्द गरिगरि अरुलाई सास्ति दिएर बिदेशी टोलीको समर्थन गर्ने यिनलाई के भन्ने ? निर्माणमा, आफ्नो भविष्य बनाउन, सकारात्मक काम गरेर समाजलाई बाटो देखाउनुपर्ने यस्ता युवाहरु देशकालागि भार हुन् । बाउ आमाकालागि बोझ हुन् । समाजकालागि लुतो । दिमाख भरि सायद गोबर भरिएको छ यिनको ।

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।