धनगढी, कार्तिक २३ गते ।
धनगढी क्रिकेट एकेडेमीले आफ्ना दुई जना खेलाडीहरुलाई क्रिकेट प्रशिक्षणको लागि भारतको मुम्बई पठाएको छ । एकेडेमीले उसका दिपेन्द्र थापा र सुबोध ऐरलाई दुई महिने प्रशिक्षणका लागि मुम्बई पठाएको हो ।
खेलाडीहरुलाई विदाई गर्दै धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले हालसम्म राष्ट्रिय टीमका खेलाडी बाहेक अन्य खेलाडीले यस्तो अवसर नपाएको स्मरण गर्दै दुवै खेलाडीले पाएको अवसरको पुर्ण सदुपयोग गर्नु पर्नेमा जोड दिनुभयोे । एकेडेमीले आफ्ना खेलाडीहरुलाई अन्तराष्ट्रिय स्तरको एक्सपोजर दिन पनि एकेडेमीको यस कदमले महत्वपुर्ण भुमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नु भयो ।
खेलाडीहरुको दुई महिनाको सम्पुर्ण व्यवस्थापकिय जिम्मेवारी एकेडेमीको पहलमा मुम्बईवासी नेपाली क्रिकेट प्रेमी गोकुल विष्टले लिनुभएको छ । त्यहाँ रहदा उनीहरुले डी वाई पाटिल क्रिकेट एकेडेमीमा प्रशिक्षण लिने भएका छन । प्रशिक्षणमा आफुलाई एकेडेमीले दिएको मौकाको पुर्ण सदुपयोग गर्दै आफुमा भएको क्रिकेट प्रतिभालाई थप निखार ल्याउने मुम्बईप्रस्थान गर्नु अघि खेलाडी दिपेन्द्र थापाले बताए ।
अर्का खेलाडी सुबोध ऐेरले पनि एकेडेमीले आफुलाई प्रशिक्षणका लागि मुम्बई प्रशिक्षणमा पठाउन लागेकोमा खुशी व्यक्त गर्दै एकेडेमी तथा अभिभावकले देख्नु भएको सपनालाई साकार बनाउन आफु धेरै मेहनत गर्ने बताए ।
धनगढी क्रिकेट एकेडेमीका सस्थापक महेश शाह, एकेडेमीका प्रमुख प्रशिक्षक अर्जुन खड्का लगाएत एकेडेमीका खेलाडीहरुले दुबै खेलाडीलाई सामुहिक विदाई गरेका थिए ।
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।