Sunday, November 9, 2014

सँघर्श को अर्को नाम - शान्ता चौधरी - १८ बर्ष कमलरी, दुईवटा क्यान्सर (भिडियोसहित)

काठमाडौं, कार्तिक २३ । टेलिभिजन कार्यक्रम प्रस्तोता सुरेश शर्माले उनको पृष्ठभूमि अर्थात दुखान्त क्षण सुनाउँदै गर्दा एक्कासी आँखा रसाए । स्टुडियोमा उपस्थित भएकी पूर्व सभासद् शान्ता चौधरीको पनि आँशु थामिएन् ।




१८ बर्ष कमलरी जीवन विताएर दुईवटा क्यान्सरसँग लडिरहेकी उनको जीवनले कहिल्यै सुख देखेन । इमेज च्यानलले संचालन गर्दै आएको ‘अलगधार’ कार्यक्रममा अन्तरबार्ताका क्रममा उनले भनिनः‘ आममानिसलाई क्यान्सर भन्ने बित्तिकै मरिन्छ भन्ने हुन्छ म पनि त्यस्तै तनावमा बाँचे ।’
दुई बर्ष अघि क्यान्सर देखियो । यो सन्चो होला जस्तो नै लागेन । म मर्छु जस्तो लाग्यो । दासी जीवन विताएका कारण बच्चाहरु प्रति नै ध्यान गयो । बच्चाहरुलाई हेरिरहे । टुलाइरहे । बेग्लै तनाव भयो । दिल्लीमा चेकअप गराउन गएँ ।
त्यहाँ ट्रिटमेन्ट गराउँदा पनि बाँचेका मान्छेहरु पांए । पैसा भएपछि बाँच्दोरहेछ भन्ने आत्माबल पलायो । मलाई यस्तो रोग लागेको छ तर मलाई जती समय बाँच्छु समाजका लागी बाँच्छु भन्ने लाग्यो ।
एउटा ठूलो रोगसँग लडदैछु । त्यो रोगले जित्ने हो की मैले जित्ने हो । तर रोगसँग खुशीका साथ लडिरहेको छु । बाँच्न त किरा फट्याग्रा पनि बाँचेको हुन्छ । तर हामी अरुका लागी बाँच्दैछु । हामी पनि अरुका लागी बाँचौं । दाङ जिल्लाबाट एमाले तर्फबाट विजयी पूर्व सभासद् शान्ता चौधरीको यस्तो छ दैनिकी ।
- Source: Imagekhabar

2 comments:

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।