डीआर पन्त
डडेल्धुरा , पुस २० - राति १ बजेदेखि डडेल्धुरा सदरमुकाममा लागेको भीषण आगो आइतबार विहान नौ बजे नियन्त्रणमा आएको छ । आगलागीबाट मुख्य बजार बाघखोरका २१ पसल पूर्ण रुपमा जलेका छन् ।
प्रहरी र स्थानीय ब्यबसायीको प्रारम्भिक अनुमान अनुसार जलेर नष्ट भएका पसल र पक्की भवन सहित झडै डेढ अर्व बढीको क्षति भएको छ । ‘क्षतिको यकिन तथ्यांक आउन बाँकी छ’, प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले भने बजारका साना ठूला गरी १ दर्जन बढी पक्की भवन र २१ वटा पसल जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।
जिल्ला प्रशासन कार्यालयले छानबिन समिति बनाएर छानबिन गर्ने र क्षतिको आवश्यक बिबरण संकलन गर्ने प्रजिअ जोशीले जानकारी दिए ।
समयमा दमकल प्रयोग नुुहुँदा आगलागी नियन्त्रण गर्न नसकेको भन्दै स्थानीय ब्यबसायीले आक्रोश पोखेका छन् ।
दमकल नभएपछि आगलागी नियन्त्रणका लागि जोडिएका भवन भत्काइएको थियो ।
Source: Ekantipur
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।