फोटो- घनश्याम चौधरी
आज तराईका आदिवासी थारुले आफ्नो माघी पर्व धुमधामले मनाए । उनीहरू जहाँ भएपनि जेजसरि सके त्यसैगरी मनाए । थारुहरुले बिशेष रुपमा माघी पर्वलाई परापुर्वकालदेखि नै मनाउदै आएका छन । माघी पर्वको महत्व थारु जातिमा बिशेष भए पनि नेपाल र भारतका धेरै जाति र समुदायमा मकर सक्रान्तिको रुपमा धार्मिक र भौगोलिक महत्वको सहित बिभिन्न तिर्थ स्थल, घाट, तलाउ, कुण्ड, नदि आदिमा नुहाएर तथा बिभिन्न परिकार खान पिनका साथ् मनाइन्छ । यो पर्वको अन्य छुट्टै महत्व, मनाउने बिधि र चलिआएको परम्परा छ । थारु समुदायमा यो पर्व किन यति महत्वपुर्ण छ ?
फोटो- थारु कम्युनिटी
मानव सभ्यताको विकास संगै संस्कृतीको पनि विकास हुँदै गयो । पर्व पनि एउटा मानव संस्कृती हो । हरेक पर्व मान्ने पनि फरक फरक कारण हुन्छ र त्यसको आफ्नै महत्व हुन्छ । त्यस्तै माघी पर्व थारु सभ्यताको बिशेष महत्व भएको पर्व निम्न लिखित कारणले हुन् ।
फोटो- मिलन तिम्सिना
फोटो- मिलन तिम्सिना
१) धार्मिक महत्व:- माघ १ गते धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । यस दिन माघे / मकर सक्रान्तिको रुपमा विभिन्न तिर्थ स्थल, घाट, त्रिवेणी, दोभान, नदि, कुण्ड, तलाउ आदिमा सबेरै नुहएमा पाप मुक्त हुने बिश्वास गरिन्छ । यस्तै बिभिन्न स्थान र धार्मिक स्थलमा मेला पनि लाग्ने गर्छ । टाढा टाढा बाट श्रद्धालुहरु दर्शन गर्न, आराधना गर्न आउने गर्छन । थारु समुदायमा चाँही यस्तो बिश्वास गरिन्छ कि यो पवित्र दिनमा नदि या अन्य जलाशयमा नुहएमा बर्ष भरि खेतीपाती गर्ने क्रममा जुन किरा, सर्प, जीवहरुको मृत्यु हुन्छ त्यसको पापको छुटकारा मिल्छ । त्यति मात्र हैन तिर्थ स्थलहरुमा यस दिन स्नान गर्नाले निःसन्तानले सन्तान प्राप्त गर्ने र सन्तान दिर्घायु हुने समेत बिश्वास छ ।
फोटो- मिलन तिम्सिना
२) सामाजिक महत्व:- थारु समाजमा माघी पर्वको सामाजिक महत्व धेरै छ । बर्षभरि पारिवारिक, गाउँ समाज, छर छिमेक, र अन्य व्यक्तिगत कारणले मन मुटाव, झैं झगडा, वैमनस्यता, शत्रुता उत्पन्न भएको छ भने यहि पर्वको अवसरमा आपासी छलफल, वार्ता, दर्शन भेट, मेल मिलाप गरेर सौहार्दपूर्ण, सद्भाव, भाइचाराको सम्बन्ध जोडेर नया सामाजिक नीति नियम र व्यवस्था गरिन्छ ।
फोटो- मिलन तिम्सिना
३) आर्थिक महत्व : थारु समुदायमा माघी पर्व आर्थिक दृष्टिकोणले निकै महत्वपूर्ण छ किनभने यहि माघ महिना नया आर्थिक बर्षको शुरुवात मानिन्छ । यो नया आर्थिक बर्षमा लेन देन, ऋण, सापटी, कारोबार, कमैया/अधिया को व्यवस्था, बर्ष भरिको बालि बिगोको हिसाब, दण्ड, जरिवाना, खारा, कलमी र अन्य आर्थिक गतिविधि हरु छलफल र छिनो फानो गरिन्छ । यस्तै आगामी बर्षको आर्थिक योजना, विकास, नियम र कारोबार सम्बन्धि व्यवस्था आदि मिलाउने काम यसै अवसरमा गरिन्छ ।
४) भौगोलिक महत्व: माघी पर्वको भौगोलिक महत्व यो हो कि माघे सक्रान्तिको दिन देखि सबै भन्दा चिसो हुने हेमन्त ऋतु सकिएर ग्रिष्म ऋतु आगमन अथवा शिशिर ऋतु प्रारम्भ हुन्छ । सुर्य मकर देखि कर्कट रेकहा अथवा दक्षिणायन देखि उत्तरायन तिर अग्रसर हुने भएकोले भौगोलिक महत्व पनि रहेको छ ।
५) ऐतिहासिक महत्व: थारु समाजमे माघी पर्वले ऐतिहासिक महत्व राख्दछ किनभने बैदिक कालदेखि आज सम्म परम्परागत रुपमा थारु जातिले यो पर्व धुमधामका साथ् मनाउँदै आएका छन र आफ्नो बिशेष सांस्कृतिक पहिचान कायम पनि राखेका छन । यो पर्वको अवसरमा गाइने छोटकी मार, धमार, मघौटा गित र नृत्य, बिशेष खानपिनका परिकारको साथ् एउटा ऐतिहासिक चिनारी राख्दछ ।
(यो जानकारि थारु कम्युनिटीको हो )।
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।