६ माघ, काठमाडौं । तस्वीरमा देखिएका एक सभासदले जुत्ता फुकालेर मोजा लगाएका छन् । उनी सभाध्यक्ष सुवास नेम्वाङको कार्य कक्षतिर उक्लने प्रयासमा छन् ।
संविधानसभा अध्यक्षमथि नै आक्रमण गर्ने प्रयास स्वरुप उनी बुरुक उफ्रिएर सभाध्यक्षको आसनतिर हान्निए । केहीबेरको प्रयासमा उनी माथि उक्लन्छन् । तर, मर्यादा पालकबाट भुईमै थेच्चारिन बाध्य हुन्छन् ।
उसो त लेखा समितिका सभापति एवं पूर्वमन्त्री जनार्दन शर्मा प्रभाकरसहितका केही सभासद पनि मर्दायापालकसँग जोरी खोज्दैथिए ।
धकेलाधकेलहुँदा प्रभाकरले मर्यादापालकले कोटमा समाएपछि उनले पख्लास् भन्ने शैलीमा औला ठड्याए । माओवादी सभासहरुले बुरुक्क उफि्रएर सभाध्यक्षको आसनतर्फ जाान खोज्दा मर्यादापालक भने दुई हात जोडेर नगर्नुस् भनिरहेका थिए ।
पुरुष सभासदजस्तै महिला सभासदले पनि मध्यरातमा संविधानसभाभित्र ‘बहादुरी’ देखाउने असफल प्रयास गरिन् । सेतो कोट र पाइन्टमा सजिएकी यी सभासद पनि यसरी उचालिइन् र थेच्चारिइन् ।
उनले बैठकको प्रत्यक्ष प्रशारणका लागि प्रयोग भएको टीभी क्यामरा खोस्न प्रयास गरेकी थिइन् ।
Source: Onlinekhabar
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।