Monday, January 5, 2015

गोबिन्द बल्लभ पन्त स्मृति नेफ्सा अवार्ड -२०१४ को घोषणा

देशभरका खाध्य प्रविधिका स्नातक तहका उत्कृष्ट बिद्यार्थी मध्य दुइ जना लाई प्रत्येक वर्ष प्रदान गरिने गोबिन्द बल्लभ पन्त स्मृति नेफ्सा अवार्ड यस वर्ष निम्न बिधार्थीहरुलाई प्रदान गर्ने घोषणा ,गोविन्द बल्लभ पन्त मेमोरिअल ट्रष्टले गरेको छ |








त्रिभुवन बिश्वबिध्यालय : सुश्री करुणा खरेल , नेशनल कलेज अफ फुड टेक्नोलोजी ,काठमाडौँ |















































पुर्बांचल बिश्वबिध्यालय : श्री रामहरी लामिछाने , कलेज अफ फुड एंड डेरी टेक्नोलोजी ,काठमाडौँ |

ट्रष्टले नेपाल खाद्य प्रविधि विद्यार्थी संघ(नेफ्सा ) संगको सहकार्यमा प्रत्येक वर्ष नगद पुरस्कार सहित यो अवार्ड वितरण गर्दछ |

नेपाल खाद्य प्रविधि विद्यार्थी संघ(नेफ्सा)को दोस्रो कार्यकालका अध्यक्ष पन्तको स्मृतिमा सन् २०१२ मा उनका देश बिदेशमा रहेका खाध्य बैज्ञानिक तथा प्राविधिज्ञ सहकर्मीहरुले यो ट्रष्ट स्थापना गरेका हुन् । वैतडी जिल्लामा जन्मिएका पन्तले धरानस्थित केन्द्रीय प्रविधि क्याम्पसबाट बि.टेक.अध्ययन गरेका थिए । उनको ०६८ सालमा असामयिक निधन भएको थियो ।

ट्रष्टले निकट भबिश्यमा नै यो अवार्ड एक बिशेष समारोह बीच काठमाडौँमा प्रदान गर्नेछ |

भवदीय ,

हिक्मत थापा
अध्क्षय
गोबिन्द बल्लभ पन्त मेमोरिअल ट्रष्ट

जनवरी ४ , २०१५

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।