Tuesday, January 20, 2015

सुदूरपश्चिममा बन्दको प्रभाव शून्य - बजार बन्द गराउने एमाओवादी नेता कुटिए

सुदूरपश्चिममा बन्दको प्रभाव शून्य

सुदूरपश्चिमका सबै जिल्लामा बन्दको प्रभाव परेको छैन । लामो दुरीका सवारी साधन कम चलेपनि छोटो दूरीका सवारी साधन चलेका छन् । अछाममा बन्दको प्रभाव परेको छैन । सदरमुकाम मंगलसैन र व्यापारिक केन्द्र साँफेबगरलगायतका बजार पूरै खुलेका छन् ।
 
सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायल पनि पूर्णरुपमा खुलेको छ । बिहान बजार बन्द गराउन आएका बन्दकर्तालाई व्यापारीले प्रतिकार गरेपछि भागेका थिए । 

बजार बन्द गराउने एमाओवादी नेता कुटिए

फोटो :अन्नपूर्ण (स्थानीयको प्रतिकारमा घाइते भएपछि उपचार गराउँदै एमाओवादी नेता उमेश भट्ट )

अछाम : डडेलधुरामा बजार बन्द गराउँदै हिँडेका एमाओवादीका नेतालाई स्थानीयले कुटेका छन् । बन्द गराउने एमाओवादीका नेता कार्यकर्ता र प्रतिकारमा उत्रेका व्यापारीबीच बागबजार र तुफानडाँडामा बिहान झडप भएको थियो । 
 
झडपमा प्रतिकार टोलीको मुक्का प्रहारबाट एमाओवादीका जिल्ला इन्चार्ज पदमराज जोशी, सचिव उमेश भट्ट र सहसचिव लक्ष्मी धिक्त घाइते भएका छन् । 

घाइते तीनै नेताको डडेलधुरा उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी योगेन्द्र थापाले जानकारी दिए । घाइतेमध्ये सचिव भट्टलाई बढी चोट लागेको छ । बन्दको प्रतिकारमा हजार बढीको संख्यामा व्यापारी र स्थानीयबासी सडकमा उत्रेका थिए । 

Source: शिवराज खत्री - Annapurnapost

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।