Saturday, February 14, 2015

क्यान्सरविरुद्ध अन्नपूर्ण साइकल र्‍याली (फोटो फिचर)

फोटो :अन्नपूर्ण
काठमाडौं: अन्नपूर्ण पोस्ट्ले शनिबार बिहान काठमाडौंमा बृहत् साइकल र्‍याली आयोजना गरेको छ। अन्नपूर्ण पोस्ट्को प्रकाशन संस्था थ्रीएनआईको तीनकुनेस्थित कार्यालय परिसरबाट साइकल र्‍याली सुरु भइसकेको छ।



प्रधानसेनापित गौरवशम्मशेर राणालगायतका विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा बालबालिकाले साइकल र्‍याली प्रारम्भ गरेका थिए।क्यान्सरबारे जनचेतना जगाउने उद्देश्यले आयोजित साइकल र्‍यालीमा सुरक्षा निकायका प्रमुखहरू, उच्च सरकारी अधिकारी तथा अन्य विशिष्ट व्यक्तित्व सहभागी भएका छन्।

र्‍यालीमा कलाकार, व्यवसायी, खेलाडी, विद्यार्थी, चिकित्सक, कूटनीतिज्ञ, सामाजिक कार्यकर्ता, राजनीतिकर्मी, कर्मचारी, सुरक्षाकर्मीलगायतका समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्‍वले भाग लिइरहेका छन्। र्‍यालीमा करिब एक हजारजनाको सहभागिता छ। 


अन्नपूर्ण पोस्ट्को प्रकाशन संस्था थ्रीएनआईको तीनकुनेस्थित कार्यालय परिसरबाट सुरु हुने साइकल र्‍याली तीनकुने, माइतीघर, जाउलाखेल, थापाथली, सहिदगेट, कान्तिपथ, हात्तीसार, पुतलीसडक, सिंहदरबार हुँदै पुन: माइतीघरबाट तीनकुने फर्कने कार्यक्रम छ।


साइकल र्‍यालीमा एपिक राइड्स नेपाल, पोर्टल बाइक्स, नेपाल क्यान्सर केयर फाउन्डेसन, नेपाल साइकिलिङ एसोसिएसनसँगको सहयोग र सहकार्य छ। साइकल र्‍याली सुरु हुनुअघि क्यान्सर विशेषज्ञ डा. सरिता घिमिरेले क्यान्सर रोगबारे परिचय र सचेतनाको महत्त्वबारे छोटो सन्देश दिएकी थिइन्। 
र्‍यालीका लागि करिब डेढ घन्टा समय निर्धारण गरिएको छ। र्‍यालीमा सहभागी हुनेहरूलाई विभिन्न स्थानमा स्वयंसेवक तथा स्थानीयले सहयोग तथा स्वागत गर्नेछन्। 
थ्रीएनआईले अघि बढाएको सामाजिक अभियान 'अन्नपूर्ण पोस्ट् अब देश दौडिन्छ' अन्तर्गत यो कार्यक्रम आयोजना गरिएको हो। यही अभियानअन्तर्गत अन्नपूर्णले राजधानी र बाहिरका मुख्य सहरमा विभिन्न सामाजिक मुद्दालाई लिएर जागरणमूलक कार्यक्रम सञ्चालन गरिसकेको छ। 
अन्नपूर्ण पोस्ट्ले विराटनगरमा महिला हिंसाविरुद्ध, बुटवलमा लागूऔषधविरुद्ध र नेपालगन्जमा पनि बालअधिकारका लागि कार्यक्रम आयोजना गरेको थियो। 'अन्नपूर्ण पोस्ट् अब देश दौडिन्छ' भन्ने अभियानअन्तर्गत बागमती सरसफाइ कार्यक्रमसमेत गरिएको थियो।  




Source: Annapurnapost

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।