Wednesday, February 25, 2015

गद्दाफी भर्सस प्रचण्ड - यथार्थ

Guru Bhattarai:

लिबियाको गदाफी र प्रचण्डको राजनीति लगभग उस्तै छ, फरक चाहि गद्दाफिले लिबिया मात्र हैन सिंगो अफ्रिकालाई बिकासको माध्यबाट सम्ब्द्रिध्ध बनाउने नारा र कार्यक्रम पनि ल्याए र केहि काम गरेर पनि देखाए I शिक्षा स्वास्थ्य खानेपानी बस्ने घर ब्याङ्कमा बिना ब्याज ऋण जस्ता आधारभुत कुरा फ्री गरेका थिए I लगभग ६ हजार चिनिया कम्पनीहरु लिबिया भित्र्याएर बिकास निर्माणमा लगाएका थिए, मरुभूमिमा खोलै फर्काएर सिंचाई आयोजना बनाएका थिए I गद्दाफिको बिकास र समाजबादी चिन्तन सिंगो अफ्रिकामा चर्चित बन्दै गर्दा यसले सिंगो अफ्रिकामा पश्चिमा मुलुकहरुको वर्चस्व खतरामा पारिरहेको थियो I बेलायत अमेरिका जस्ता मुलुकलाई लिबियाले तेल खानि संचालन गरेको, बिकासमा चिनिया कम्पनि भित्र्याएको र सिंगो अफ्रिकी कनटिनेण्टमा येउटै मुद्रा प्रयोग गर्ने खालको योजना बढाएको मन परिरहेको थिएन I तर गद्दाफी अत्यन्त महत्वाकांक्षी नेता थिए जो बिपक्षी प्रति अत्यन्त क्रुर ब्यबहार गर्थे I त्यसैले गद्दाफिलाई सिध्याउनु तिनको एक मात्र रणनिति बन्यो I यसको येउटै उपाए थियो गद्दाफिका हरेक कर्मको नक्कली समर्थन गर्नु र त्यहाका बिपक्षीमाथि बर्बर ढंगले प्रस्तुत हुन् उक्साउनु I त्यसैले थुप्रा अमेरिकी नियन्त्रित ब्यान्कहरु लिबियामा लगानीको नाममा खटाइये, वोर्ल्ड ब्याङ्कको समेत ठुलो लगानी भित्र्याइयो, गद्दाफिका छोरा मार्फत अमेरिकी ब्यान्कहरुमा ठुलो लगानी गराइयो र गद्दाफिलाई एउटा बदनाम तानाशाहको रुपमा स्थापित गरियो I यसको येउटै मूल उदेश्य थियो गद्दाफी प्रयोग गरेर गद्दाफिको बिकास र उन्नतिका योजना सबै ध्वस्त पार्नु र त्यहाको रिसोर्समा कब्जा जमाउनु, चिनिया उपस्थिति लिबियाबाट खेद्नु I ठिक एस्तै भयो, गद्दाफीले अमेरिकी र बेलाइत, फ्रान्स जस्ता मुलुकको भित्रि नियत नबुझेर विपक्षीलाई बर्बर दमन गर्न थाल्यो, ५० औ हजार मान्छे मारिए, अनि गद्दाफीको बिकास र उन्नतिका सबै कल्पना मानव नरसंहारमा बदलेर उसलाई तानाशाहको रुपमा स्थापित गरियो I परिणाम स्वरुप गद्दाफिलाई जनताले कुटी कुटी मार्ने परिस्थिति बन्यो I पश्चिमाहरुले आफ्नो कठपुलति लिबिया सत्तामा यसरि स्थापित गरेर छोडे I 

नेपालको माओबादिको स्थिति ठिक यहि हो I सुरुमा जनजीविका र राष्ट्रियता जस्ता मुद्दा अघि सारेर मानव हत्याको राजनीति गराइयो, माओबादि सत्तामा स्थापित भएपछी यिनलाई तानाशाहको रुपमा स्थापित गर्ने र सिध्याउने पश्चिमा रणनिति अलिक रड्कियो, जनताले बेलैमा चाल पाए I त्यसैले माओबादिको प्रयोग जातिय धार्मिक र क्षेत्रीय बिबिधतामा खेल्नेगरी ढालियो I पश्चिमाहरुको रणनिति अनुसार माओबादिका हरेक हर्कत यसरि अघि बढ्नुको चुरो कुरा यहि हो I सुमार्गी मार्फत पश्चिमा मुलुकबाट अर्बौ खनिएको यसैका लागि हो, नेपालमा बिध्वम्स मच्चाएर ९० को दशकमा उठ्न खोजेको बाम राजनीति बदनाम गरेर समाप्त पार्ने, चिनिया प्रभाव समाप्त गर्ने, नेपालमा तिब्बती शरनार्थिलाई खुलेआम गतिबिधि गर्न सक्ने वातावरण तयार गर्ने र तिब्बत ध्वस्त गर्ने I बडो स्पस्ट र सटिक तस्विर छ पश्चिमा रणनिति नेपालमा I



(Photo Courtesy: Pahilopost and ratopati)

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।