Friday, April 10, 2015

तानिहा सितोरियो कोफुकान विश्व कपका पदक विजेता सम्मानित





नेपाल कराते महासंघले नर्वेको अस्करमा सम्पन्न तानिहा सितोरियो कोफुकान विश्व कपका पदक विजेता खेलाडीलाई बिहीबार सम्मान गरेको छ । मार्च २८ र २९ तारिखमा भएको उक्त प्रतियोगितामा नेपालले दुई कांस्य पदक जितेको थियो ।

जनकसिंह खड्का र अशोक शाह दुवैले ६७ केजीमुनि तौलसमूहमा कांस्य जितेका थिए । जनकले बोट्स्वाना, फ्रान्स र युकेका खेलाडीलाई पराजित गरेका थिए । त्यस्तै अशोकले स्लोभानिया र नर्वेका खेलाडीलाई हराएका थिए ।

पदक विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिव युवराज लामा र सदस्य मनबहादुर न्यौपाने तथा कराते महासंघका अध्यक्ष एवं एसियाली प्यासिफिक सितोरियो कराते महासंघका प्रथम उपाध्यक्ष दावा गुरुङले टीका, खादा र सम्मान पत्र प्रदान गरे ।

सोही अवसरमा प्रतियोगितामा सहभागी अन्य खेलाडी राजाराम दानी, श्याम कार्की र फुर्वासिंह तामाङ, टोली नेता त्रैलोक्य पाण्डे तथा टिम व्यवस्थापक साजनकुमार उप्रेती पनि सम्मानित भए । फुर्वाले प्रतियोगितामा निर्णायकको भूमिका समेत निर्वाह गरेका थिए ।

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।