कार्यकक्षमै दाजु विनोदविक्रमसँग गफगाफ चल्दै गर्दा एक्कासि रिंगटा लागेको अनुभव भयो। उहाँ पनि आत्तिनुभयो। लौ, भुइँचालो गयो! के गर्ने? कसो गर्ने? भेउ पाइएन। एकाएक कम्प्युटर टेबुलमुनि छिर्यौं । पूरै फनफनी नाच्न थाल्यो घर। आवाज पनि के के आएको, त्यति याद छैन। नचाहेरै मेरो मुखबाट खै कसलाई गाली मात्रै फुुर्न थाल्यो। दाजुले ‘ए भाइ, जिन्दगी सकिएकै हो?’ मात्र भन्न थाल्नुभो। म भन्न थालेँ, ‘भर्खर घरमा फोन गरेको थिएँ। परिवारसँग अन्तिमपटकको कुराकानी यही रहेछ क्यारे। दाइ हामी गएकै हौं त?’
यतिकैमा दाइले मलाई लतारेर बाहिर जाऊँ भन्न थाल्नुभयो। यस्तो बेला आत्तिनु हुन्न मात्र भन्न सकेँ मैले। यत्रो बिल्डिङै जाने जस्तो गर्दैछ। जाबो यो टेबुलमा लुकेर के लाग्छ? सोचेँ। कराउँदै कुद्यौं बाहिर।
बाहिर कोकोहोलो मच्चिएको छ। अँगालो मारेर रोइकराइ गरिरहेका मात्र देख्छु। कोही घाइतेलाई सकीनसकी उचाल्दैछन्। कोही त्यसैत्यसै बेहोस् छन्। ठूल्ठूला भवन वरिपरि भएकाले अलि पर जानुको विकल्प थिएन। घरमा फोन ट्राई गरेँ। लागेन। कुद्दै पर पुग्दा सिटिसी मल नाचिरहेको जस्तो लाग्दैछ। भ्रम मात्र हो कि भन्ठानेँ। तर, सबैले त्यसै भन्छन्। चर्किरहेको देख्छु। इँटा खसिरहेको सुन्छु। दाइ आतिइसक्नुभो, ‘केटा, घरमा फोनै लागेन यार। भाउजू, छोरो!’ उहाँको आत्तिएको मन देखेर म आफू सम्हालिनुपर्ने अवस्था आइलाग्यो। सडकतिर सबैको विचल्ली छ। दाइ कुद्दै त्रिपुरेश्वरतिर लाग्नुभो। मैले बाइकको जुगाड भए म पुर्यालउँछु भनेपछि उहाँ फर्किनुभो। माथि हेर्दा धरहरा छैन। ला खत्तम!
बाहिर कोकोहोलो मच्चिएको छ। अँगालो मारेर रोइकराइ गरिरहेका मात्र देख्छु। कोही घाइतेलाई सकीनसकी उचाल्दैछन्। कोही त्यसैत्यसै बेहोस् छन्। ठूल्ठूला भवन वरिपरि भएकाले अलि पर जानुको विकल्प थिएन। घरमा फोन ट्राई गरेँ। लागेन। कुद्दै पर पुग्दा सिटिसी मल नाचिरहेको जस्तो लाग्दैछ। भ्रम मात्र हो कि भन्ठानेँ। तर, सबैले त्यसै भन्छन्। चर्किरहेको देख्छु। इँटा खसिरहेको सुन्छु। दाइ आतिइसक्नुभो, ‘केटा, घरमा फोनै लागेन यार। भाउजू, छोरो!’ उहाँको आत्तिएको मन देखेर म आफू सम्हालिनुपर्ने अवस्था आइलाग्यो। सडकतिर सबैको विचल्ली छ। दाइ कुद्दै त्रिपुरेश्वरतिर लाग्नुभो। मैले बाइकको जुगाड भए म पुर्यालउँछु भनेपछि उहाँ फर्किनुभो। माथि हेर्दा धरहरा छैन। ला खत्तम!
यतिबेलासम्म मन थामेकै थिएँ। तर, अब सकिनँ। रुन मन लाग्यो। ‘दाइ, धरहरै छैन। बित्यासै भो!’ दाइले नआत्ते मात्र भन्नुभो। दगुरादगुर चल्दा दुई भाइ कता छुट्यौं पत्तो भएन। धरहरातिर लम्केँ म। सबै चिच्याई मात्र रहेका। पूरै धुलाम्मे छ। त्यत्रो ठडिएको धरहरा कहाँ गयो? लखतरान परे जसरी लथ्रक्क परेको छ।
पाँच–सात जना तन्नेरी र केही प्रहरी उद्दार गर्दैछन्। भित्रबाट हल्का चिच्याहट सुनिँदैछ। केही सामान छैन खोतल्ने। हातैले खोतलिरहेका छन् उद्धारकर्ता। उद्धारमा आउनुस् भन्दा धेरैले सुने नसुन्यै गर्छन्। उद्धार जारी नै छ। फुत्रुक्क, फुत्रुक्क निकालिएका मान्छे जिउँदै छन् कि सकिइसके? थाहै छैन। अत्यासलाग्दो। कहालीलाग्दो। विभत्स दृश्यको सामना गर्नुपर्योा। बिनासामान खोतल्ने। भेटिएका मान्छे बाहिर ल्याएर ट्याक्सीमा कोचाएर अस्पतालतिर पठाउने। यस्तै चलिरहेको थियो। सबै कराउने मात्र। धेरै त फोटो खिच्ने। रत्नपार्कमा तमासा देखाइरहे जस्तो। सबैलाई फोटोकै चिन्ता परिरहेको। भित्रका उद्धारकर्ता आक्रोशित थिए, ‘फोटो खिच्नेलाई बाहिर लखेट। पत्रकारलाई पनि पस्न नदे।’
दाइ म पत्रकार होइन्, उद्धार गर्न आको भन्दै भित्र पसेँ। त्यतिबेला सोच्न भ्याएँ, पत्रकारभन्दा यहाँ त उद्धारकर्ताको आवश्यकता छ। सबै पत्रकार। सबैका हातमा क्यामेरा, मोबाइल। उनीहरूको ताल देखेर मलाई पनि रिस उठ्यो। पहिला त उद्धारकर्ता प्याकप्याक देखेर पानीको जोहो गर्न लागेँ। पारिको भत्किएको होटलबाट चार बोतल पानी ल्याएँ। एक घाइतेले पानी, पानी भन्दैछ। पानी पियाउन थालेँ। सबैले कराए, पानी खुवाउनु हुन्न। एक जनाले भने, हल्का छर्किदेऊ मात्र। त्यसै गरेँ। भित्र आतिएका उद्धारकर्तालाई पानी पियाउनुथियो। म पछाडिबाट माथि नै उक्लेर पानी बाँडेँ। पानी सकिएपछि खोस्रन पनि थालेँ। छातीदेखि माथि मात्र देखिएको एक जना व्यक्ति टाउको हल्लाउँदैछ। गुहार मागेको होला। कसरी तान्नु? आपत आइलाग्यो। मैले हेर्नै सकिनँ त्यो बित्यास। अनि उतापट्टितिर अर्को लास देखियो। तान्यौं सबै मिलेर। त्यो त जिउँदै पो रहेछ। लास भन्ठानेको, बाहिर तान्दा हात उठाएर खुसी व्यक्त गर्छ। स्ट्रेचरमा चढाउँदा टाउको उठाएर हाँस्छ।
अरू लास र घाइते निकाल्दै थिए। स्ट्रेचर भन्दै कराइरहेका। छैन स्ट्रेचर। प्रहरीको गाडी आयो। त्यही गाडीको पछाडिको लामो सिट तानेर ल्याइदिएँ। एउटा प्रहरी के के भन्दै थियो। धरहरा गेटमा एक जना हेल्मेट लाएका ठूलै व्यक्ति ‘म रेडक्रसको मान्छे’ भन्दै भित्र पस्न खोज्दै थिए। आक्रोशित तन्नेरीहरूले कोही चाहिँदैन भन्दै उनलाई भित्र पस्नै दिएनन्। केहीबेरमै सेनाको एउटा जत्था आउँछ। रित्तो हात। उनीहरू पनि लाग्छन् खोस्रन।
चारैतिरबाट लास र घाइते निकालिरहेका छन्। पछाडिपट्टि गएँ। फेरि एक जना घाइतेलाई निकाल्न सफल भइयो। ताली बजाए केहीले। मलाई पनि खुसी लाग्यो, बजाइदिएँ ताली। अर्कातिर भने एक जनाको टाउको हल्का चलिरहेको जस्तो लाग्छ। हात पूरै दोबारिएका। खुट्टा किचिएका। बाहिर निकाल्नै सकिएन। ऊ त हेर्दाहेर्दै बितेछ। पछि डोरी, साबेल, गैंती, बेल्चाको सहयोगमा खनीखोस्री गरेर निकालियो। लासमाथि लास देखिन्छ। अत्यास लाग्यो। सबै माथिबाट रमिता मात्र हेर्ने भए। फोटोग्राफर पनि कति आएका हुन्!
एउटा व्यक्तिको लास। पकेटमा दुइटा मोबाइल थिए। एउटा बजिरहेको थियो। विचराको हाल बुझ्नलाई होला। मोबाइल के गर्ने भन्ने भो? केहीले प्रहरीलाई दिने भने। धेरैले प्रहरीप्रति आक्रोशित भएर हो वा विश्वास नभएर। प्रहरीलाई होइन, उसकै पाकेटमा हाल्देऊ भने। मैले त्यसै गरिदिएँ। धुलाम्मे मेरा कपडा लासको रगतले लतपतियो।
त्यहाँ केही युवाले साह्रै दुःख गरे। प्रहरीले पनि नगरेका होइनन्। प्रेम बुढा ट्याग लगाएका प्रहरी त ज्याद्रै रहेछन्। उनी एक्लै कत्रो ठूलो ढिस्को पन्छाउन सकेका।
सायद, थाकेर होला। मेरो शरीर काप्न थाल्यो। जिउ गन्हाए जस्तो लाग्दैछ। करिब चार घन्टापछि एउटा डोजर पर्खाल भत्काएर भित्र आउन थाल्यो। अनि मलाई पनि त्यहाँ बस्नै मन भएन। किनभने, जिउँदो भेट्न सकिने चान्स नै थिएन। लास खोतल्न त जतिबेला गरे पनि भयो नि। यहाँ मान्छेको कमी छैन। तर, मनकारी मान्छे कम देखेँ मैले। सबैलाई फोटोकै चिन्ता। स्टाटसकै चिन्ता।
तस्बिर : सागर घिमिरे, अमर जिसी
Source: Nagrik News
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।