विवेकशील नेपाली ले भुकम्प तत्काल सिक्षन अस्पताल बाट सेवा कक्ष सुरु गरि आरम्भ गरेको काम अहिले निक्कै व्यापक भएको छ ! हामीले गर्न सकेका काम हरुको सुची
http://leadnepal.com/earthquake/ मा प्राप्त गर्नु भएको नै छ !
त्यसमा उल्लेख भएको बाहेक भक्तपुर अस्पतालमा पनि सेवा कक्ष सुचारु छ !
हाल सम्म cash in hand Nrs 1,98,468 छ , चेक २ लाख , र पे पाल मा US D 2500 छ ! खर्च 93,514 भै सकेको छ जुन मुलत खाने कुरा , पानी र पाल मा खर्च भएको छ !
अब मुलत अस्पतालको ब्यबस्थापन पहिलो दिन भन्दा निक्कै सुधार भएको छ |
अब हामी अस्पताल बाट बाहिर पनि काम थाल्दै छौ जसमा बास को लागि पाल , खाना र औषधि मूल हुन् छ ! यो काम साँखु र सिन्धुपाल्चोक को लागि हुदै छ !
http://leadnepal.com/earthquake/ मा प्राप्त गर्नु भएको नै छ !
त्यसमा उल्लेख भएको बाहेक भक्तपुर अस्पतालमा पनि सेवा कक्ष सुचारु छ !
अब मुलत अस्पतालको ब्यबस्थापन पहिलो दिन भन्दा निक्कै सुधार भएको छ |
अब हामी अस्पताल बाट बाहिर पनि काम थाल्दै छौ जसमा बास को लागि पाल , खाना र औषधि मूल हुन् छ ! यो काम साँखु र सिन्धुपाल्चोक को लागि हुदै छ !
१. टिचिंग हस्पिटल, बिर आस्पताल तथा पाटन अस्पताल मा सूचना तथा राहत केन्द्र
- अस्पताल का डाक्टर हरु संग मिलि आएका बिरामी हरुलाई उपचारमा सहयोग
- बिरामीको कुरुवा हरुलाई पानी, चिउरा, दालमोठ, बिस्कुट वितरण
- मृतक हरुको लाश ब्यबस्थापन
- अस्पताल प्रशासन संग मिलि घाइते हरुको नामावली प्रकाशित तथा घाइतेका आफन्तहरुलाई आफ्नो मान्छे खोज्न सययोग
- मृतक हरुको नामावली प्रकाशित तथा मृतकको आफन्तहरुलाई आफ्नो मान्छे खोज्न सहयोग
- हस्पिटल भित्रै रक्त दानको आव्ह्यन गरि अत्याबश्क ताजा रगत उपलब्ध गराउने
- हस्पिटल भित्र आर्थिक सहयोग संकलन गरि अत्यबशक औषधि किनी घाइतेहरुलाई प्रदान
- हस्पिटल भित्र सबैलाई सुरक्षित रहन अपिल रमास्क वितरण
- हस्पिटलमा आएका बेबारिसे घाइते हरुलाई कुर्ने तथा हेरचाह गर्ने
- हस्पिटल भित्र आएका बेबारिसे लाश को विवरण बनाई संचार मध्यम तथा सामाजिक संजाल मार्फत आफन्त को खोजि कार्य
२. विवेकशील नेपाली केन्द्रिय कार्यालय मा सूचना तथा राहत केन्द्र
- बिदेशमा रहनु भएको नेपाली हरुलाई घरमा सम्पर्क गर्न सघाउने
- देश तथा विदेश बाट राहत संकनल, चिन जान का सबैलाई सहयोग गर्न आग्रह
- देशको विभिन्न ठाउँ बाट राहतको लागि माग भय बमोजिम विवरण तयार गर्ने
- पिडितलाई राहत पठाउने
- विभिन्न ठाउमा भएको क्षतिको विवरण तयार पर्ने
३. जानकारी मुलक
- सुरक्षित रहन आग्रह
- सुरक्षित पिउने पनि, खाने कुरा लगायत को लागि आग्रह
- मनपरी बजार भाउ विरुद्ध ब्यापारीहरुलाई सचेत
४. बैदेशिक समन्वय
- भारत लगायतका राजदुताबास हरुको समन्वयमा उनीहरुको घाइते नागरिकको हेरचाह
- बिदेशी नागरिकहरुलाई प्राथमिक उपचार पछि स्वदेश फर्काउने
५ स्वयम् सेवक परिचालन
- नागरिकहरुलाई स्वयम् सेवक बन्न आग्रह
- काठमाडौँ, ललितपुर र भक्तपुरमा गरि सयौ को संख्यामा स्वयम सेवक परिचालन
६. काठमाडौँ बाहिर
- विभिन्न जिल्ला हरुमा आस्पताल मा स्वयम् सेवा
- पिडित लै उद्धार तथा राहत
- सूचना संकलन र सम्प्रेसन
७. देश बाहिर
- विभिन्न देशबाट सहयोग संकलन र नेपाल पठाउने
- भारत लगायत देश बाट अत्याबसेक औसधि हरु नेपाल पठाउने काम
- बिदेशमा बस्ने नेपाली हरुलाई न आतिन आग्रह
- विदेशमा बस्ने नेपालीहरुलाई सहि सूचना सम्प्रेसन
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।