Sunday, April 26, 2015

गोरखाको बारपाकका १ सय २० जनाको उद्धार

सागर राज तिमिल्सना पोखरा, वैशाख १३ 




भुकम्पको केन्द्र विन्दु गोरखाको बारपाकका पीडितलाई २४ घण्टा पछि उद्धार शुरु गरिएको छ। आइतबार मध्यान्हदेखि नेपाली सेनाको हेलिकोप्टरले बारपाक, गुम्बु, जौबारी र खरिबोट गाविसका घाइतेहरुलाई पोखराका विभिन्न हस्पिटलहरुमा ल्याएर उपचार शुरु गरिएको छ।
दिउँसोसम्म ३ खेपमा झण्डै एक सय जनालाई उद्धार गरेर पोखरा ल्याइएको जानकारी नेपाली सेनाका अधिकारीले दिएका छन्। सेनाले आइतबार करिब १ सय २० जनाको उद्धार गरेको छ।
अधिकांश घाइतेहरुको टाउको, हातखुट्टामा चोट लागेको छ । धेरैजसो घाइतेहरु बुढाबुढी, महिला र केटाकेटी छन् । दिदीको उपचारका लागि पोखरा आएका रणवीर गुरुङले बारपाकका १२ सय घर भत्किएको जानकारी दिए। भूकम्प गएको दिन शनिबार पानीसमेत परेको र हिँडेर वा गाडीमा जान असम्भव भएकाले आइतबार मात्रै उद्धार सम्भव भएको हो। सौजन्यः रणवीर गुरुङ

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।