फोटो :एसबी गौतम
काठमाडौं: भक्तपुरको सानोठिमी स्थित नेकोसेरा बस्तीमा रुवाँबासी अझै रोकिएको छैन । शनिबार आएको भूकम्पको पहिलो शक्तिशाली धक्काले टोलका सबैजसो घरहरु गल्र्यामगुर्लम भत्किए ।
नेकोसेराका बासिन्दाले तीन दिनदेखि रात सडकमै कटाएका छन् । बिस्केट जात्राको भोज चलेकोले धेरैको ज्यान बचेको स्थानिय राधाकृष्ण धौबन्जरले बताए । बिस्केट जात्राको भोजमा गएकाले धन्न हाम्रो ज्यान बच्यो तर घरसम्पती केही बचेन । उनका अनुसार यो टोलमा मात्रै ५० घरहरु भत्किएका छन् ।
सिगों बस्ती भूकम्पले भत्किएर खण्डहरमा परिणत भएपछि सरकारबाट कोही नआएको स्थानियको गुनासो छ । स्थानिय उज्जल पौडेल भन्छन् , 'भत्किएका दिन सेनापुलिस आएर यसो हेरेका थिए, त्यसपछि उद्धार र राहतको लागि कोही आएका छैनन् ।'
भत्किएको घर हेर्दै हामी खेतमा सकसले बाचीरहेका छौँ । यस्तो आपतमा पनि सरकार खै त ? उनको प्रश्न थियो । भूकम्पबाट प्रभावित नेकोसेराका विशाल कुमार शाहले भने 'अस्ति रेडकक्रका टोली आएर टोपी र चस्मा बाडे त्यसपछि कोही झुल्केका छैनन् ।'
तीन दिनसम्म सरकारी उद्धार टोलीको बाटो हेर्दा कोही नआएपछि स्थानिय बासिन्दा भत्केको घर आफै पन्छाउदै छन् । भूकम्पले पुरिएका सामानहरु भेटिने आसमा घरको अवशेस खोतल्दै छन् ।
Source: Annapurnapost
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।