Monday, April 27, 2015

सरकारी कर्मचारीले आफन्तलाई मात्र राहत बाँडेको आरोप

  • सुजन पन्त
rahat (2)
ललितपुर, वैशाख १४ – शनिबार आएको महाभूकम्पबाट पीडित बनेकाहरुले उनीहरुको नाममा आएको राहत सामग्री सरकारी अधिकारीहरुले आफ्ना परिवार र आफन्तहरुलाई मात्र बाँडेको आरोप लगाएका छन् । ललितपुर खुमलटारमा रहेको सशस्त्र प्रहरीको दक्षिणकाली गणको अगाडि पीडितहरु विरोध प्रदर्शन गरिरहेका थिए ।
त्यहाँ प्रदर्शन गरिरहेका एकले भने, ‘यहाँ भूकम्पबाट पीडितका लागि भनेर राहत सामग्रीहरु आएका छन्, तर सबै सरकारी कर्मचारी तथा सशस्त्र प्रहरीहरुले आफन्तहरुलाई मात्र बाँडिरहेका छन् ।’ उनीहरुका अनुसार गाडीमा राखेर त्यहाँ आएका राहत सामग्री प्रहरी र सरकारी कर्मचारीका घर पठाइएको छ ।
rahat (3)
तर, ललितपुरमा प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाले भने राहत सामग्री वितरणमा कुनै अनियमितता नभएको दाबी गरे । उनले भने, ‘यहाँ राहत सामग्री माग्न धेरै आएका छन् । तर, घर भत्केकाहरुलाई मात्र शुरुमा राहत सामग्री बाँडिरहेका छौं ।’ उनले वास्तविक पीडितहरुलाई मात्र राहत सामग्री बाँड्न आफूहरु सर्तक रहेको बताए ।
यता, राहत माग्न त्यहाँ पुगेका एक पीडितले भने आफू आफ्नो सानो छोरीलाई लिएर राहत माग्न जाँदा पनि कुनै वास्ता नभएको बताए । ‘यहाँ चिनेजानेका र ठूलाबडलाई मात्र राहत बाँडिदैछ,’ उनले गुनासो पोखे ।
Source: Ratopati

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।