काठमाडौं–महाभुकम्पले मुलुकमा पर्यटक आगमन ठप्प भैरहेका बेला व्यवसायीले पर्यटकका लागि सुदूरपश्चिम सुरक्षित गन्तव्य भएको बताएका छन् । उनीहरुले प्राकृतिक विपत्तिबाट क्षति नपुगेका सुदूरका गन्तव्यहरुको मार्केटिङ गर्न सरोकारवालाहरुसँग माग गरेका छन् ।
राजधानीमा बुधबार पर्यटन विकास समाज धनगढीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा समाजका अध्यक्ष कृष्णबहादुर महराले सुदूरपश्चिममा आकर्षक तीन वटा पदमार्ग भएको बताए । खप्तडदेखि बडिमालिका भएर रामारोशनसम्म १७ दिने पदमार्ग, खप्तड ९ दिन र खप्तडदेखि रारातालसम्म १९ दिने पदमार्ग भएको बताए ।
खप्तडदेखि रामारोशन जोड्ने फारवेस्ट हेरिटेज टेल समाजले एक्सप्लोर गरेको हो । ‘सुदरपश्चिममा आकर्षक पर्यटकीय गन्तव्य छन्’, महराले भने, ‘तर त्यहाँ पर्यटक छैनन् ।’
कार्यक्रममा पर्यटन सचिव शुरेशमान श्रेष्ठले सुदूरपश्चिममा व्यवसायीहरुसँग हातेमालो गर्न सरकार तयार भएको बताए । ‘हामी सुदूरपश्चिमलाई प्रबर्धन गर्न तयार छौं’, उनले भने, ‘त्यहाँ आबश्यक पर्यटन पूर्वाधार विकासमा सरकार बजेट छुट्टयाउँदैछ ।’
उक्त अबसरमा पर्यटन विभागका महानिर्देशक तुलसी गौतमले सुदूरका सबै हिमाल आरोहणमा राजस्व तिर्नु नपर्ने नियम भएको बताए । उनले स्थानीयले पूर्वाधार विकासमा लाग्नु पर्ने सुझाब दिए ।

नाटोका अध्यक्ष अशोक पोखरेलले खप्तड र अपि हिमालका साथै कर्नाली नदिबाट समेत फाइदा लिने खालको योजना बनाउन सुझाए । ‘कनाली ¥याफ्टिङको उत्कृष्ट गन्तव्यका रुपमा विकास गर्नु पर्छ’, उनले भने, ‘जलक्रिडा सम्बन्धी क्रियाकलपामा जोड दिऔं ।’
नेपाल पर्यटन बोर्डका प्रशासकिय अधिकृत रमेश अधिकारीले काठमाडौं केन्द्रित पर्यटनलाई पश्चिम र पूर्वसम्म फैलाउनुु पर्नेमा जोड दिए । कार्यक्रममा समाजका महासचिव सञ्जय चौधरी, पर्यटनवीद ज्ञानेश्वर महतो, बोर्डका अधिकृत दिपकराज जोशी र अर्चना केसी लगायतले पर्यटनबारे विमर्श गरेका थिए ।
सुदूरपश्चिमका पर्यटकीय स्थलको तस्विरसहित
बडिमालिका
Source: Ghumphir.com
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।