धनगढी,३० भदौ । गएरातिदेखि परेको अविरल वर्षाका कारण कैलालीमा डेढ दर्जनभन्दा बाढी गाउं विकास समिति डुबानमा परेका छन् । अविरल परेको पानीका कारण दुई सय पचास परिवार विस्थापित भएका छन् भने एक हजार भन्दा बढि घर डुबानमा परेका छन् । बस्ती नै डुबानमा परेपछि ज्यान जोगाउन कैलालीको हसुलिया गाविस वडा नम्बर ४ मोहनपुरका ८५ परिवार भारतको दुधुवा नेशनल पार्कमा शरण लिन पुगेका छन् ।
कैलालीको चौमाला, फुलवारी, उर्मा, मसुरीया, पहलवानपुर, दरख, लालबोझी, हसुलिया, रतनपुर, उदासीपुर, पवेरा, खैलाड, भजनी लगायत डेढ दर्जन गाविस, धनगढी र टीकापुर नगरपालिकाका अधिकांश भाग जलमग्न भएका हुन् । दर्जनौं बस्तीमा बाढी पसेपछि बिस्थापित भएकाहरुको तथ्यांक संकलन कार्य नेपाल रेडक्रस सोसाईटीले शुरु गरेको छ । सेना, प्रहरी र स्थानीयवासीले प्रभावित गाविसमा उद्दार गरिरहेका छन् ।
 






 
 
![१७ बर्षिय योगेश ओझाले रिमोट कन्ट्रोलबाट चल्ने ड्रोन जहाज बनाए - [विशेष रिपोर्ट] - फोटो फिचर](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEghVx1w-IKXa4lYZAQuNMFlqT61eBoKdZcVixhfEsZQRI-TX0Q4vj0M7D-jV0IRBQzGG8_vbSC5FtmRFV8-5b15qJdYF1DenG0STIzAEczRNgwAAXLWDgk7t6D90gZEMLIccqklhiSxVws/s290/25.jpg) 
 
 
 
 Posts
Posts
 
 
 
 
 
 
 
 
 
 
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।