Saturday, March 9, 2013

धनगढीको सौन्दर्य (फोटो फिचर)


शब्द/तस्विर: भरतबन्धु थापा
सुदुरपश्चिमको प्रवेशद्वार हो धनगढी । खप्तड, अपी, रामारोशन, डोटी र शुक्लाफाँटा लगायतको प्रवेद्वार हो धनगढी । धनगढी आफैमा पनि विविधता भएको स्थल हो । धनगढीमा जोखर दह, थारु संस्कृति तथा होम स्टेका लागि राज्यमै प्र्रख्यात स्थल भादगाउँ पनि रहेको छ ।
तर, पर्यटकीय विविधता भएता पनि धनगढी सुदुरपश्चिमको पर्यटकीय स्थलका भन्दा पनि सुदुरपश्चिमका जिल्लाहरुको प्रवेशद्धारका रुपमा परिचित रहेको छ ।
धनगढीमा जोखरदह उचित संरक्षणको अभावका कारण दिन प्रतिदिन मासिँदै गएको छ भने पोखरी अतिक्रमणका कारण सानो आकारमा परिणत हुँदैछ । त्यसै गरी होम स्टे तथा थारु संस्कृतिका दृ्ष्टिकोणले राज्यमै निकै ख्याती कमाएका भादगाउँ पनि जाने बाटो राम्रो नभएका कारण पर्यटकले भनेको समयमा जान पाउँदैनन् ।
केराबाट बनेको विभिन्न परिकार पाइने स्थलका रुपमा समेत परिचित छ धनगढी । धनगढीको नजीकै टिकापुर उद्यान निकै प्रख्यात रहेको छ । तत्कालीन राजा वीरेन्द्रले आफू बस्नका लागि समेत बनाएका घरहरुका कारण टीकापुर उद्यान निकै चर्चित रहेको छ । त्यसै गरी सिमसार क्षेत्रभित्र पर्ने घोडाघोडी ताल यहाँको प्रख्यात एवं रमणीय स्थल हो ।



















































































































Source: onlinekhabar.com

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।