–बच्चु विक
महेन्द्रनगर, ५ बैशाख
विद्यालय स्वागत कार्यक्रमसँगै नयाँ भर्नाका लागि बालबालिकालाई स्कुल जान प्रेरित गर्न थालिएको छ तर भीमदत्त नगरपालिका–१२ ओदालीकी १३ वर्षीया आरती लुहारका आफन्त, गाउँले र छरछिमेकी भने उनलाई स्कुल नजान सल्लाह दिइरहेका छन् । ‘अब भो, स्कुल नपढ भन्दैछन’ आरतीले भनिन् ।

दुई भाइहरु अनिल (१०) र अशोक (८)लाई पढाउने खर्च जुटाउन उनलाई गाउँलेहरुले स्कुल भर्ना नभइ काम गर्न सल्लाह दिन थालेका हुन । उसो त उनी आफै काम गरेर भाइहरुलाई पनि पढाउछिन र आफू पनि पढ्छिन । घर खर्च पनि चलाउँछिन । तैपनि उनलाई केही सहज होला भनेर गाउँले, छरछिमेकी तथा लेखपढ गरेकै मान्छे पनि स्कुल भर्ना नहुन कर गरिरहेका छन् । ‘कति दुःख गर्छेस, अब भाइहरु हेर, नपढ भन्दैछन’ गाउँलेको भनाई उद्धृत गर्दै आरतीले भनिन् ।
बुधबार १३ वर्षीया आरतीले स्थानीय विपि स्मृत निमाविबाट २ कक्षा उत्तीर्ण गरेकी छन् । उनका दुई भाइले १ कक्षा उत्तीर्ण गरेका छन् । अब भाइहरुलाई २ कक्षामा भर्ना गर्न र आफू ३ कक्षामा भर्ना हुन आपत परेको छ उनलाई । ‘भर्ना शुल्क, कापी, कलम, स्कुलको ड्रेस कहाँबाट ल्याऔं ?’ आरतीले भनिन् ‘घरमा केही छैन ।’
धनसम्पत्ती मात्रै होइन उनको सहारा पनि कोही छैन । टन्न जग्गा जमिन थियो, घर थियो । उनका बुवा देवले जुवातास, जाँड, रक्सीमा उढाए । धनसम्पत्ती सिध्याएपछि रक्सी पिएर आउने देवले उनकी आमा रेखालाई कुटपिट गर्न थाले । ‘रक्सी पिएर पैसा देऊ भन्नुहुन्थ्यो, आमाले छैन भनेपछि कुटपिट गर्नुहन्थ्यो’ आरतीले विगत सम्झिदै भनिन् ‘दिनमा त गाउँलेहरु रोक्थे, राती भने आमा बोलचाल गर्न नसक्ने भएपछि मात्रै कुट्न छोड्नु हुन्थ्यो ।’ रेखाले धेरै वर्ष कुटपिट सहिन । सहनै नसक्ने भएपछि चार वर्ष अघि घरबाट निस्किन । ‘आमा लुगा किनेर ल्याउछु भनेर बजार जानु भा’हो, फर्केर आउनु भएन’ आरतीले भनिन् ।
आरतीकी आमा रेखाले घर छोडेर गएपनि उनका बुवा देवले रक्सी पिउन भने छोडेनन् । रेखाले छोडेको ६ महिनापछि उनलाई खोज्न भनेर आरतीका बुवा देव पनि भारततिर लागे । उनी गएको साढे तीन वर्ष भयो फर्केर आएका छैनन् । ‘कोही मरेको हो भन्छन, कोही जीउदै छ भन्छन’ रेखाले आप्mना बुवाका बारेमा सुन्ने गरेको जानकारी बताउदै भनिन् ‘बाबासँग भारत गएका मान्छे फर्केर आइसके, बाबा आउनु भएन ।’

आमाबुवा वेपत्ता भएपछि सबै जिम्मेवारी उनकै काँधमा आएको छ । बिहानै महाकाली नदीको बगरमा जान्छिन, बालुवा, गिटी चाल्छिन् । त्यही कमाइले घर खर्च, खानपिन, भाइहरु र आप्mनो स्कुल खर्च चलाउँछिन् । एक ट्रली बालुवाको पाँचदेखि सात सय रुपैयासम्म पाइन्छ तर उनले कहिल्यै एक ट्रली बेच्न पाएकी छैनन । ‘पाँच छ दिन लगाएर आधा ट्रली हुन्छ, आधा आधा गरेरै बेच्छु’ पसिना पुछ्दै आरती बोलिन् । बालुवा चाल्ने जाली पनि महाकाली नदीले बगाइदियो । आजभोली छिमेकीले दिएको जालीले काम चलिरहेको उनले बताइन ।
बिहान, बेलुका वालुवा, गिटी चाल्छिन भने दिउसो स्कुल जान्छिन् । बालुवा चालेर आउने पैसाले बिहान, बेलुका खाना खानै धौधौ हुन्छ । अझ वर्षायाममा त्यो काम पनि बन्द हुन्छ । त्यतिबेला भने गाउँलेको खेतमा काम गर्छिन । ‘गाउँलेका खेतमा काम गर्छु, धान, गहुँ दिन्छन’ आरतीले मलिन अनुहार बनाउदै भनिन् ‘त्यति गर्दा पनि पुग्दैन । कहिले भोकै बस्नुपर्छ ।’ उनको घरमा भाँडाकुडा, ओढ्ने ओछ्याउने पनि छैनन् । एउटा डेक्ची छ, प्वाल परेको । ‘पिठो मिचेर टाल्छौ’ उनी बोलिन ‘टालेर तिहुन पकाउछौं ।’ टालेर भात तथा तिहुन पकाउदा डाडु, पन्युले चलाउँदैनन्, चलाउदा प्वाल परिहाल्छ रे । आप्mनो घर पनि छैन, गाउँलेहरु मिलेर बस्न मिल्ने झुपडी बनाइदिएका छन् ।
घरमा खानेकुरा नहुदा उनको जेठोभाइ अनिलले माटो खाने गरेको थियो । अहिले भने अनिलको माटो खाने बानी नै परेको छ । भोक मेटाउन खाने गरेको माटोले झन आपत पारेको छ । अनिलको पेटमा पत्थर जमेको उनले बताइन । तीन महिना अघि बिरामी भएपछि महाकाली अञ्चल अस्पताल भर्ना गरेका थिए । पाँच दिनसम्म केही उपाय लागेन । ‘मर्छ भन्ने लागेको थियो, दाइहरुले सहयोग गर्नु भयो’ आरतीले भनिन् ‘दाइहरुको सहयोगले भाइको ज्यान बच्यो ।’ नेपाल उद्योग परिसंघ (सीएनआई) कञ्चनपुर–कैलाली च्याप्टरका सदस्य आषिफ कुवँर (भुन्टु) र आदर्श नेपालका अभिमन्यु बस्नेतसहितको सहयोगमा कोहलपुर मेडिकल कलेजमा उनको पेटको पत्थरीको शल्यक्रिया गरिएको छ । सल्यक्रिया गरेर घर फर्किपछि पनि उनको खाने बानी उस्तै छ । आरतीले रुदै भनिन् ‘भोक लाग्यो की माटो खान्छ ।’
सरकारी स्कुल भएपनि तीन भाइबिहनीलाई बढ्न भने गाह्रो छ । विद्यालय पोशाक छैन । दुई भाइलाई त गाउँलेहरुले दिएका छन् तर आरतीसँग भने स्कुल पोशाक छैन् । ‘मसँग स्कुल ड्रेस छैन, मागेर लगाउँछु’ आरतीले भनिन् । गाउँले दिदीले उनलाई सर्ट दिएकी छन् भने उनीसँगै पढ्ने साथीले स्कर्ट दिएकी छन् । स्कर्ट फिर्ता गर्नु पर्नेछ, किनकी उनी साथीले आप्mनो दिदी उपचार गर्न गएको मौकामा घर परिवारलाई थाहा नदिएर लगाउन दिएकी हुन । ‘उनकी दिदी घर आउनेवाली छ, अब उनको मेडी फिर्ता गर्छु’ आरती बिस्तारै बोलिन् ।
उनको अवस्थाका बारेमा विपी स्मृत निमाविका शिक्षकशिक्षिका, विद्यालय व्यवस्थापन समिति तथा विद्यार्थीलाई समेत थाहा छ तर स्कुलमा कुनै सहुलियत हुदैन । ७५ रुपैया तिर्न नसक्दा उनका कान्छो भाइ अशोकको एक कक्षाको परिचय पत्र परीक्षा दिइसक्दा पनि विद्यालयले दिएको छैन । ‘पैसा छैन’ अशोकले भने ‘दिदी र दाइको दियो, माड्सापले मेरो आई कार्ड दिएन् ।’ त्यति मात्रै होइन, सरकारी स्कुल भएपनि गत वर्ष ५०/५० रुपैया परीक्षा शुल्क नदिदा अनिल र अशोकले एक कक्षामा फेल हुनु प¥यो ।
यति हुदा पनि १३ वर्षीया बालिका आरतीले हिम्मत हारेकी छैनन् । बरु उनका दुःख देखेर गाउँलेहरु स्कुल नपढ् भन्छन । उनलाई भने जसरी पनि स्कुल पढ्नु छ । ‘आमाबुवा पढेलेखेका भए हामीलाई यस्तो हुनेथिएन’ आरती बोलिन ‘अहिले लेखपढ गर्न पायो भने पछि दुःख कम होला ।’ त्यही पढाइको प्यास मेटाउन आफू र आप्mना भाइहरुलाई स्कुल भर्ना गर्न महाकाली नदीको बगरमा दिनभरी भोकैप्यासै बालुवा चाल्दैछिन् आरती । आमाबाबाले समेत छोडेका उनीहरुको भोकप्यास मेटाउन सहयोग गर्ने मान्छे भने कहाँ भेटिएलान खै ?
Helping Hands:
1. £ 50 (In association with sundarsudurpaschim.org)
2. £ 50 Rozanna Maharjan - (https://www.facebook.com/RozannaMaharjan?group_id=514786608562288)
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।