Friday, June 7, 2013

पूर्वराजा ‘राष्ट्रिय चिन्तन’ यात्रामा


छोरा पारस शाहको लामो अस्वस्थता र बैंककको अस्पताल बसाईका कारण अवरुद्ध ‘देश दर्शन’ कार्यक्रमलाई पूर्व राजा ज्ञानेन्द्र शाहले पुनः सुरु गरेका छन् ।
शुक्रबार बुद्ध एयरबाट बाराको सिमरा पुगेका शाहले सिमराबाटै मध्य तथा पूर्वी तराईका विभिन्न जिल्लाको भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ । भ्रमण कार्यक्रममा पहिले छुटेका महोत्तरी, सर्लाही, सिराहा र सप्तरी जिल्लामा सामेल हुने पूर्वराजाका सहयोगी डा.फणिराज पाठकले सेतोपाटीलाई जानकारी दिए ।
पूर्वराजा ज्ञानेन्द्रले ती जिल्लाहरुमा रहेका मठमन्दिर दर्शनका साथै सर्वसाधारण इच्छुक नागरिकहरुसँग भेटघाट गरी मुलुकको वर्तमान अवस्था समस्या र समाधानको खोजीमा पनि सक्रियता देखाउने अड्कलबाजी भइरहेको बेला ज्ञानेन्द्र शाहको देशदर्शन कार्यक्रम पुनः सुरु हुन भएको हो ।
सिमरास्थित प्रभु शम्सेरको घरमा बास बसेका उनी राज परिवारप्रति आस्था भएका जनताको भावना र इच्छाअनुसारै नै पूर्वराजा भ्रमणमा निस्किएका हुन् ।
राजनीतिक खिचातानीले नेताप्रति नेपाली जनविश्वस घटदै गइरहेका बेला पूर्वराजाको भ्रमणले राज परिवारप्रति जनआस्था बढाउन सकिने विश्वास राजावादीले गरेका छन्।
राष्ट्रिय चिन्तनबाट पूर्वराजा कहिल्यै पनि नअलग्गएिको बताउँदै यसपल्टको यात्रामा पहिलेभन्दा स्थानीय तहमा भेटघाट सघन हुने संकेत निर्मलनिवासले दिएको छ । फागुन महिनामा पारस साह हृदयाघातबाट ग्रस्त भइ बैंककस्थित समितिभेज अस्पतालमा भर्ना भएपछि पूर्व राजाका सपरिवार करिब दुई महिना उतै रहेका थिए ।

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।