Tuesday, June 18, 2013

अहिले यस्तो छ दार्चुलाको अवस्था ! दैलेख र बैतडीमा १७ को मृत्यु

तीन दिनदेखि परिरहेको अविरल वर्षासँगै महाकाली नदीमा आएको भीषण बाढीका कारण दार्चुला सदरमुकाम खलङ्गाका हालसम्म ७२ घर बगेका छन् । सर्वसाधारणका ५९ र सरकारी १३ गरी ७२ घर बगेका हुन् । घर बगेपछि दुई हजार पाँच सय व्यक्ति पूर्णरुपमा घरवारविहीन भएका दार्चुलाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी अधिकारीले राससलाई बताउनुभयो ।सुदुरपश्चिममा बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या दश पुगेको छ । बाढी पहिरोमा परि दुई घाइते भएका छन् । बैतडी सिद्धेश्वर गाविस वडा नं ९ मा खोर्पको रामसिंह ऐरीको घर पहिरोले पुरिँदा उनकी श्रीमती सिताम, छोरी परमेश्व, एक वर्षिय छोरा अर्जुन र उनकै घरमा बस्ने कलावती ऐरी र उनकी छोरी विन्देश्वरीको मृत्यु भएको छ ।


बाढी पहिरोबाट बढि प्रभावित दार्चुलाको धाप गाविस–५ की सरस्वती रैखेलाको नदीमा खसेर हिजो मृत्यु भएको थियो भने हिजै कञ्चनपुरको चाँदनी गाउँ विकास समिति वडा नम्बर ६ कानन्दसिंह ठगुन्ना र कौशल्या सुनुवारको पनि मृत्यु भएको हो । त्यस्तै अछामको कुन्ती वण्डली गाविसका अनिता बोगटी र उनको छोरी मृत्यु भएको छ भने उनका श्रीमान र छोरा घइते भएका छन् ।
३ दिन देखि परेको अविरल वर्षातको कारण दैलेखको मालिका गाविस वडा नं. ७ का मोहन कुमालको घर भत्किदा एकै परिवारका ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोहन कुमाल, उनकी श्रीमती तुलसा कुमाल, छोरी विष्ना कुमाल र सन्तोला कुमाल छोरा नगेन्द्र कुमाल, गणेश कुमाल र खगेन्द्र कुमाल रहेको प्रहरी कार्यालयले जनाएको छ ।

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।