डडेलधुरा , १२ असार
बाढीका कारण बिस्थापित भएकाहरु भोकभोकै रहेको सामाचार आईरंदा राहत सामग्री भने पाचदिनदेखि सरकारी लापरबाहीले डडेलधुरामा अलपत्र अवस्थामा रहेको छ ।
‘केही सामग्री कर्भडहलमा राखिएको छ भने केही नेपाली सेनाको व्यारेकमा’ प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले भने मौसम खराब भएकाले राहत सामग्री दार्चुला पुगाउन सकिएको छैन । खाद्य संस्थानका कर्मचारीले राहतकालागि आएको सामग्री पुगाएर गएका हुन प्रजिअ तिवारीले भने सामान कति र कस्तो अवस्थामा छ भन्ने जानकारी छैन् ।
झण्डै पचास टन जति सामान डडेलधुरामा छ श्रीनाथ गका कर्णेल प्रकास थापाले हेलीकप्टर आउने बित्तिकै सामग्री दार्चुला पुगाइने बताए । नेपाली सेनाको हेलीकप्टरले धनगढीबाट आवश्यक सामग्री दार्चुला पठाईरहेका कारण खाद्य सामग्री पठाउन नसकिएको उन्ले बताए ।
सोमबार मौसमको प्रतिकुलताका कारण हेलीकप्टर आउन नसकेको पनि उन्ले बताए । कैलालीबाट सडक मार्गबाट डडेलधुरा पुगाइएको सामग्री पांच दिन देखि पठाउन नसकिएको पनि कर्णेल थापाले जानकारी दिए ।
नदी नियन्त्रणका लागि आवश्यक तारजाली र २५ टन खाद्यान्न डडेलधुरामा रहेको अधिकारीहरुले जानकारी दिएपनि राहत सामग्री दार्चुला पठाउने बिषयमा भने आधिकारीका जानकारी जिल्ला प्रशासन कार्यालय लगायत कसैलाई छैन ।

0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।