बद्री–केदारको तीर्थयात्रामा रहेका नेपालीलाई भारत सरकारको सहयोगमा उद्धार भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँका अनुसार अलपत्र परेका करिब ४ सय नेपालीमध्ये झण्डै ७० जनालाई हेलिकोप्टरबाट उद्धार गरेर देहरादुन र हृषिकेशमा निर्माण गरिएका अस्थायी शिविरमा पुर्याइसकिएको छ भने अन्यको उद्धारको कार्य जारी छ । “दिल्लीस्थित नेपाली दूतावासले पनि भारतीय उद्धारकर्मीहरूसँग निरन्तर सम्पर्क एवम् समन्वय कायम गरी अलपत्र परेका नेपालीलाई सुरक्षित स्थानमा पु¥याउन आवश्यक कार्य गरिरहेको र हालसम्म कुनै नेपालीको सो विपत्तिमा परी ज्यान गुमाएको जानकारी प्राप्त नभएको’’ प्रवक्ता थापाले भन्नुभयो ।
उत्तराखण्डमा गएको बाढीपहिरोमा परी करिब ६० हजार भारतीय नराम्ररी प्रभावित भएका तथा व्यापक भौतिक संरचना ध्वस्त भएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उक्त विपत्तिमा परी कम्तीमा ७० जनाको मृत्यु भएको जनाइएको छ ।

0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।