महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्तनगरपालिका–११ स्थित नेपाल–भारतको सीमा स्तम्भ नं ८ आज अपरान्ह बगाएको छ।
चार दिनसम्मको लगातारको वर्षाका कारण उर्लिएको महाकाली नदीले पश्चिमी नाकाक्षेत्रमा पर्ने ८ नम्बर सीमा स्तम्भ बगाएको हनुमानध्वज गुल्मका गुल्मपति सेनानी जीवन कार्कीले बताए।
वर्षा रोकिएको भएपनि महाकाली नदीले भीमदत्त नगरपालिका–११ भुजेला क्षेत्रमा कटान गरिरहेको सेनाले जनाएको छ।
बुधबार बिहानैदेखि नेपाली सेनाको टोली भुजेला क्षेत्रमा अस्थायी तटबन्ध निर्माणमा जुटेको सेनानी कार्कीले बताए।
त्यसैगरी कटान भइरहेको क्षेत्रका स्थानीय जनताका घरायसी सामानसमेत सुरक्षित स्थानमा सारिएको छ। बाढीका कारण कञ्चनपुरमा मात्रै दुईसयभन्दा बढी परिवार प्रभावित बनेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ। रासस
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।