नेपालगन्ज, असार ५ - हुम्लाको तिब्बती सीमा मुचु-७ स्थित हिल्सा गाउँमा गएको पहिरोमा परेकाको उद्दारका लागि टोली पुर्याएर फर्केको फिस्टेल एअरको हेलिकप्टर बुधवार दिउँसो दुर्घटनाग्रस्त भएको छ ।
दुर्घटनामा सिमकोट विमानस्थल प्रमुख टेकबहादुर पातलीको मृत्यु भएको छ भने तीन जना घाईते छन् । साँझ ४ : २५ बजे भएको दुर्घटनास्थल सदरमुकाम सिमकोटदेखि ४१ कोस उत्तर चिनको सीमाना पर्छ ।
हेलिकप्टरमा चालक डेबिट तालुकसहित ६ जना फर्किदै थिए । दुर्घटनामा पर्ने सबै विमानस्थल कर्मचारी हुन् । हिल्सामा रहेका उनीहरुलाई पहिरो उद्दारमा गएको फिस्टेल हेलिकप्टरबाट फर्किदैथिए । घाईते गोविन्द लामा, दिलोक श्रेष्ठ र चालक तालुकको सिमकोटस्थित जिल्ला अस्पतालमा उपचार भईरहेको छ । प्रज्वल भट्टराई र यदी शेर्पा भने सकुशल रहेको हुम्ला प्रहरीले जनाएको छ ।
प्रहरी घटनास्थलमा पुग्न सकेको छैन । कर्णाली नदिको किनारमा भएको दुर्घटनास्थल पारीबाट प्रहरीले देखेपछि छिटो उद्दार हुन सकेको हो । प्रहरी टोली र उद्दारका लागि पुगेको फिस्टेल एअरको अर्को हेलिकप्टरले घाईते र मृतकलाई सिमकोट ल्याएको जिल्ला प्रहरी हुम्लाका निरीक्षक युवराज चौधरीले बताए । उनले भने,-'पारीबाट नदेखिएको भए दुर्घटना स्थलको खोजीमा समय लाग्न सक्थ्यो ।' हेलिकप्टर हावाको चाप बढी रहेकाले असन्तुलित भएर खसेको प्रारम्भीक अनुमान छ । नदिछेउमा खस्नासाथ हेलिकप्टरको पुच्छरमा आगो लागेको थियो । यात्रु र चालकमिलेर आगो निभाएका थिए ।
यसैबिच गत आइतवार हिल्सामा घर बगेर पुरिएका एकैघरका चार जनाको शव प्रहरीले बुधवार निकालेर पोस्टमार्टमका लागि सिमकोट ल्याएको छ । पहिरोले बगाएको एकै घरका ३५ वर्षीया क्याम्मा लामा, छोरी ६ बर्षकी हिटाक लामुलामा, चार बर्षकी छिरिछिटोल र दुई बर्षका छोराको शव भेटिएको हो । चौकी इन्चार्ज शिव वलीले २७ जनाको प्रहरी टोली उद्दारमा जुटेको बताए ।
स्थलगत निरीक्षणका लागि बुधवारै प्रजिअ विजयनारायण मानन्धर, डिएसपी विजय थापा, मेजर सुबांगत कटवाल, स्थानीय विकास अधिकारी नरेशप्रसाद ढकाल र रेडक्रस सभापति नरबहादुर रोकाय मुचु पुगेर फर्केका छन् । रेडक्रसले क्षतिको विवरण संकलन सुरु गरेको छ ।
यसैबिच गत आइतवार हिल्सामा घर बगेर पुरिएका एकैघरका चार जनाको शव प्रहरीले बुधवार निकालेर पोस्टमार्टमका लागि सिमकोट ल्याएको छ । पहिरोले बगाएको एकै घरका ३५ वर्षीया क्याम्मा लामा, छोरी ६ बर्षकी हिटाक लामुलामा, चार बर्षकी छिरिछिटोल र दुई बर्षका छोराको शव भेटिएको हो । चौकी इन्चार्ज शिव वलीले २७ जनाको प्रहरी टोली उद्दारमा जुटेको बताए ।
स्थलगत निरीक्षणका लागि बुधवारै प्रजिअ विजयनारायण मानन्धर, डिएसपी विजय थापा, मेजर सुबांगत कटवाल, स्थानीय विकास अधिकारी नरेशप्रसाद ढकाल र रेडक्रस सभापति नरबहादुर रोकाय मुचु पुगेर फर्केका छन् ।
रेडक्रसले क्षतिको विवरण संकलन सुरु गरेको छ ।
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।