धनगढी — पूर्व राजा ज्ञानेन्द्र शाहको सहभागितामा हिमानी कोषकी अध्यक्ष हिमानी शाहले दार्चुलामा बाढी पीडितलाई राहात वितरण गरेकी छिन्। आज दिउसो पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थितिमा कोषकी अध्यक्ष हिमानीले बाढी पीडितलाई पालै पालो राहत वितरण गरेकी हुन्। बाढी पीडितका लागी राहात दिन पुगेका पुर्वराजा ज्ञानेन्द्र शाह र हिमानी कोषका पदाधिकारीको स्वागत र राहात बुझ्नका लागी सयौं बासिन्दाको भिडलागेको स्थानीयले बतए।
संचारकर्मीले सोधेको प्रश्नको जवाफमा पूर्वराजाले उल्टो प्रश्न गरेका थिए। हामीले वितरण गरेको राहात तपाँइहरुलाई कस्तो लाग्यो तपाईहरु नै भन्नुहोस् न ? भनेर प्रतिप्रश्न गरेको दुर्चुलाका सञ्चारकर्मी कमल जोशीले बताए।
राहात वितरण गर्न करिव डेढ घण्टा समय लागेको थियो।
धनगढीवाट आज बिहान माओण्टेन एयरको हेलिकाप्टर मार्फत पूर्व राजा ज्ञानेन्द्र शाह, हिमानी शाह लगायतका बाढी पीडितलाई राहात वितरण गर्न दार्चुला पुगेका हुन्। राहात वितरण गरेर हेलिकाप्टरबाटै उनीहरु धनगढी फर्किसकेको पुर्वराजाका सचिव फणिन्द्र पाठकले नागरिकन्युजलाई बताए।
निर्वाचन आयोगले राहत वितरण रोक्न भनेको निर्देशनलाई बेवास्ता गर्दै पूर्वाराजाले राहत वितरण जारी राखेका हुन्। हिमानी कोषले साउन ११ टिकापुर र साउन १३ गते कंचनपुरमा वाढीपिडितलाई राहात वितरण गर्ने कार्यक्रम राखेको छ।
राज्यबाट उपेक्षामा पारिएको र विकास,राहातमा पनि सौतेनी व्यवहार गर्ने गरेको मनोविज्ञान रहेको सुदुरपश्चिम क्षेत्रका बासिन्दाले हिमानी कोषले करिव ४० लाख बराबरको राहात वितरणको कामलाई सकरात्मक रुपमा लिएका छन्।
एमाओवादीका नेता वावुराम भट्टराईले राहात वितरण गर्ने पूर्व राजालाई जेल हाल्नु पर्ने उत्तेजक अभिब्यक्ति दिए पनि दार्चुलामा राहात वितरण गर्ने काममा उनका कार्यकर्ता चुपचाप लागेको देखिएको छ। सुदुरपश्चिममा राहात वितरण गर्न आउँदा विरोध गरेको भनेर उल्टै स्थानीय बासिन्दा विरोध गर्ने नेताप्रति आक्रोशित छन्।
यस अघि मंगलवार राहात सामाग्रीको नमुना सहित राहातका वारेमा सार्वजनिक गर्न आयोपजत पत्रकार सम्मेलनमा हिमानी कोषका पदाधिकारीले पत्रकारलाई उपहार भन्दै 'जागरुक समाज उज्वल भविष्य' लेखिएको टिसर्ट वितरण समेत गरेका थिए।

0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।