Thursday, July 25, 2013

हिमानी कोषले सञ्चारकर्मीलाई टिसर्ट बाँड्यो


 पूर्व युवराज्ञी हिमानी शाह अध्यक्ष रहेको हिमानी कोषले बाढी पीडितलाई राहत प्रदान गर्ने संस्थाको कार्यलाई राम्रोसँग कभरेज गर्दिएको भन्दै सञ्चारकर्मीलाई टिसर्ट उपहार दिएको छ। बुधबार कोषले आफ्नो कामलाई महत्व दिएको भन्दै धनगढीका सञ्चारकर्मीलाई टिसर्ट बाँडेको हो। 'सञ्चार माध्यमले हाम्रो कामलाई साथ दिएका छन्', कोषकी सचिव विजया लक्ष्मी राणाले भनिन्- 'अझ निरन्तर सहयोग गरिदिन आग्रह गर्दछु।'
बाढी पीडितलाई राहत वितरण गर्ने कोषको काम बारे मिडियामा भएको कभरेजप्रति उनले खुशी प्रकट गरिन्। कोषद्वारा वितरण गरिएको टिसर्टमा 'जागरुक समाज उज्जवल भविष्य: हिमानी कोष' लेखिएको छ।
सुदूरपश्चिमका बाढी पीडितलाई राहत वितरण गर्न पूर्व राजा ज्ञानेन्द्र कोमल, हिमानी शाह सहित पूर्व राजपरिवार सदस्य सुदूर पश्चिमको भ्रमणमा छन्। कोषको राहत वितरण रोक्न निर्वाचन आयोगले निर्देशन दिए पनि त्यसको पालना भएको छैन। राहत वितरण कार्यलाई एमाओवादी नेता बाबुराम भट्टराईले 'राजनीतिक' उद्देश्यका लागि कल्याणकारी खोल ओडेको काम भन्दै टिप्पणी गरेका थिए।
 

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।