Thursday, July 25, 2013

हिमानी कोषले भारतीय बाटोबाट राहत सामग्री दार्चुला पुर्‍यायो


र्चुला - पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व युवराज्ञी हिमानी शाहले बुधबार दार्चुलाका बाढी विस्थापितलाई राहत सामाग्री वितरण गरेका छन्। नेपालगञ्जबाट खरिद गरिएको राहत सामाग्री तीन दिन लगाएर मंगलबार राती दार्चुला सदरमुकाम खलंगा पुर्‍याइएको हो।
महेन्द्रनगरवाट भारतीय सड्क हुँदै खलंगा ल्याइएको केही राहत सामाग्री भारतमै थन्किएको छ। सड्क अवरुद्ध हुँदा उक्त रामाग्री भारतमै थन्किएको हो। सवै राहत सामाग्री खलंगा ल्याइपुर्‍याउन एक दुई दिन लाग्ने संयोजक सन्तोष ऐतवालले बताए।
दार्चुला सदरमुकाम खलंगामा आयोजित एक कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र र पूर्व युवराज्ञी हिमानीले बाढी विस्थापित ९० परिवारलाई राहत सामाग्री वितरण गरेका थिए।
धनगढीबाट माउन्टेन एयरलाइन्सको हेलिकप्टरमा खलंगा आइपुगेका पूर्व राजा ज्ञानेन्द्र तथा पूर्व युवराज्ञी हिमानी करिव डेढ घण्टा जति राहत वितरण कार्यमा विताएका थिए। बाढी विस्थापितलाई राहत वितरण गर्न उनीहरुलाई हम्मे हम्मे परेको थियो। सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको उक्त कार्यक्रममा बाढी विस्थापित सवै परिवारलाई राहत वितरण गर्न भने भ्याएनन्। विस्थापित दुई सय ५० बढी परिवारका सदस्यहरु राहत लिन वितरण स्थलमा आएका थिए। तर उनीहरु सवैले पूर्व राजा ज्ञानेन्द्र र पूर्व युवराज्ञी हिमानीको हातबाट राहत लिन पाएनन्।
'कार्य व्यस्तताका कारण सवैलाई वितरण गर्न सम्भव भएन्,' राहत वितरण कार्यक्रमका संयोजक सन्तोष ऐतवालले नागरिकन्युजसँग भने, 'यहाँ ल्याएको सवै राहत विस्थापितलाई हस्तान्तरण गछौं।' विस्थापितलाई प्रति परिवार ४५ किलो चामल, लत्ताकपडा र भाँडाकुँडा राहत स्वरुप वितरण गरिएको उनले बताए।
पूर्व राजपरिवारका सदस्यहरु केही दिनदेखि बाढी विस्थापितलाई राहत वितरण गर्न सुदूरपश्चिममा रहेका छन्।

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।