ज्ञानेन्द्र निर्वाचन भाड्ने षडयन्त्रमा लागेको पूर्व प्रधानमन्त्री भट्टराईको आरोप
एकीकृत नेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाहले बाढी पीडितहरुलाई राहत वितरणका नाममा संविधानसभा निर्वाचन भाँड्ने षडयन्त्र गरिरहेको आरोप लगाउनुभएको छ । आफ्नै निवास सानेपामा आज पत्रकारहरुसँग नेता भट्टराईले हैसियत नै नभएको व्यक्तिले राहत बाँड्दै हिँडेको भन्दै आफू मुलुकको कार्यकारी पदमा भएको भए पूर्व राजालाई जेल हाल्ने बताउनुभयो । पूर्व राजाले राजतन्त्र ब्युँताउन दुतहरु परिचालन गरेको सूचना प्राप्त भएको उहाँको दाबी थियो । उहाँले भन्नुभयो– पूर्वराजाको गतिविधि गम्भिर छ, म मुलुकको प्रधानमन्त्री भएको भए जेल हाल्थें कुन हैसियतले यो वर्षायाममा राहत बाँड्दै हिंडेका छन्?
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।