Thursday, July 25, 2013

धनगढी पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह सुटुक्क पैदल यात्रामा निस्कीए !

kx king gyanendraकैलाली, ८ साउन ।। सुदूरपश्चिमका बाढी पीडितलाई राहत वितरण गर्न धनगढी पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले आज बिहान सुटुक्क पैदल यात्रामा निस्कीए। पूर्वराजाले आफू बसेको होटल रुबसबाट धनगढी चौराहासम्म करिव ३ किलोमिटर पैदल यात्रा गरेका थिए ।


आफूनिकट केही व्यक्ति र सुरक्षाकर्मीका साथ पैदल यात्रामा निस्किएका पूर्वराजाले त्यस क्रममा केही स्थानीयसँग कुराकानी गरेका थिए । उनीहरुले पूर्व राजासामु देशको राजनीतिक अवस्थाले आफूहरु चिन्तित भएको गुनासो गरेका थिए । मूख्य बजारमा पूर्वराजा पैदल यात्रामा निस्किएपछि हेर्नका लागि स्थानीयको भीड लागेको थियो ।



0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।