Thursday, July 25, 2013

पूर्व राजा ज्ञानेन्द्र राहत वितरण गर्न दार्चुला पुगेपछि देखिएको दृश्य !

himaniहिमानी ट्रस्टले दार्चुलाका बाढी पीडितहरुलाई राहत वितरण गरेको छ । राहत वितरण कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व युवराज्ञी हिमानी शाहको उपस्थित रहेको थियो । कैलालीबाट हेलिकप्टर मार्फत दार्चुला पुगेका शाहले एक घण्टा दार्चुलामा बिताउनु भएको थियो । ज्ञानेन्द्रको उपस्थितिमा पीडितहरुलाई खलंगा सदरमुकामस्थित खुलामञ्चमा राहत वितरण गरिएको हो । ट्रस्टले २ सय ६५ परिवारलाई खाद्यान्न, कपडा र भाँडाकुडा उपलव्ध गराएको छ । त्यस्तै १ सय विद्यार्थीलाई लत्ता कपडा र पांच विद्यालयलाई एक–एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।निर्वाचन आयोगले राहत वितरण रोक्न भनेको निर्देशनलाई बेवास्ता गर्दै पूर्वाराजाले राहत वितरण जारी राखेका हुन्। हिमानी कोषले साउन ११ टिकापुर र साउन १३ गते कंचनपुरमा वाढीपिडितलाई राहात वितरण गर्ने कार्यक्रम राखेको छ।
राज्यबाट उपेक्षामा पारिएको र विकास,राहातमा पनि सौतेनी व्यवहार गर्ने गरेको मनोविज्ञान रहेको सुदुरपश्चिम क्षेत्रका बासिन्दाले हिमानी कोषले करिव ४० लाख बराबरको राहात वितरणको कामलाई सकरात्मक रुपमा लिएका छन्।
एमाओवादीका नेता वावुराम भट्टराईले राहात वितरण गर्ने पूर्व राजालाई जेल हाल्नु पर्ने उत्तेजक अभिब्यक्ति दिए पनि दार्चुलामा राहात वितरण गर्ने काममा उनका कार्यकर्ता चुपचाप लागेको देखिएको छ। सुदुरपश्चिममा राहात वितरण गर्न आउँदा विरोध गरेको भनेर उल्टै स्थानीय बासिन्दा विरोध गर्ने नेताप्रति आक्रोशित छन्।power news-

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।