Thursday, July 25, 2013

बाबुराम भट्टराईलाई शिवसेनाको धम्की


काठमाडौं— हिन्दू राष्ट्रको पक्षमा वकालत गर्ने शिव सेना नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहको राहत वितरणविरुद्ध अभिव्यक्ति दिएको भन्दै एमाओवादी केन्द्रीय सदस्य तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई निगरानीमा राखेको जनाएको छ। केन्द्रीय कार्यसमिति अध्यक्ष अनिल बस्नेत तथा राष्ट्रिय अध्ययक्ष अरुण सुवेदीले संयुक्त वक्तव्य प्रकाशित गर्दै भट्टराई 'निगरानी'मा राखेको बताएका हुन्।
'मानव धर्म विरोधी डा. भट्टराईलाई आजैदेखि शिवसेना नेपालको युवा संगठन तथा रक्षा बाहिनीले आफ्नो निगरानीमा राख्ने भनि निर्णय भयो', बुधबार जारी विज्ञप्तिमा भनिएको छ।
भट्टराईले ज्ञानेन्द्रको राहत विरतणको उद्देश्य राजनीतिक रहेको भन्दै चुनाव अगाडि भइरहेको त्यस किसिमको काम कारवाही रोक्नुपर्ने बताएका थिए।

यस्तो छ धम्की धम्कीको पूर्णपाठ

shiva sena
 

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।